यी तीन कम्पनीको असोज २८ गते हुँदैछ साधारण सभा, कुनको के एजेण्डा ?

काठमाडौं । तीन ओटा कम्पनीले असोज २८ गते साधारण सभा अयोजना गरेका छन् ।

 

नाडेप लघुवित्त वित्तीय संस्था, सिटी एक्सप्रेस फाइनान्स र नेपाल इन्भेष्टमेण्ट बैंकले साधारण सभा आयोजना गर्न लागेका हुन् । नाडेप लघुवित्तले असोज २८ गते रानीबन पार्टी एण्ड रेष्टुरेण्ट नागार्जुन, काठमाडौंमा सभा आयोजना गर्न लागेको हो ।

सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभाश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । असोज १३ गते सम्म कायम शेयरधनीले उक्त लाभांश पाउनेछन् ।

त्यसैगरी सिटी एक्सप्रेस फाइनान्सले कम्पनीको केन्द्रीय कार्यालय घण्टाघर, काठमाडौंमा विशेष साधारण सभा आयोजना गरेको छ ।
सभाले कम्पनीलाई नेपाल इन्भेष्टमेण्ट बैंकले प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी नेपाल इन्भेष्टमेण्ट बैंकले पनि सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । नेपाल इन्भेष्टमेण्ट बैंकले उक्त सभामार्फत सिटी एक्सप्रेस फाइनान्सलाई १००ः३० अनुपातमा प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।

२०७७ असोज २२ गते १९:४२ मा प्रकाशित

You can share this post!

भर्खरै आयो यस्तो खबर: भोलिदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय !

भर्खरै आयो यस्तो खबर: भोलिदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय !

Related posts