back
NMB ad

एक्कासी आयो यस्तो निर्णय : असोज ३० गतेसम्म सरकारी कार्यालय, पसल/व्यवसाय बन्द गर्ने !

Kumari bank ad

बनेपा । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि काभ्रेपलाञ्चोक जिल्लाका दुई सरकारी कार्यालय र दुई स्थानीय तहका सेवा बन्द गरिएका छन् ।

जिल्ला स्वास्थ्य, मालपोत कार्यालय तथा मण्डनदेउपुर नगरपालिका र रोशी गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका हुन् ।मालपोत कार्यालय धुलिखेलले आज सार्वजानिक सूचना जारी गर्दै यही असोज ३० गतेसम्मका लागि नियमित सेवा स्थगित भएको जनाएको छ ।

स्वास्थ्य कार्यालयले पनि कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना पुष्टि भएको जनाउँदै आजबाट अर्को सूचना जारी नभएसम्मको लागि आन्तरिक काम मात्रै सञ्चालन हुने कार्यालयका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा नरेन्द्रकुमार झाले जानकारी दिए ।

त्यसैगरी मण्डनदेउपुर नगरपालिकाले पनि विहीबार सूचना जारी गरी नगरपालिका भित्रका विभिन्न वडामा कोरोना पुष्टि भएकाले नगरपालिकाको कार्यालय सहित सबै वडा कार्यालय, विद्यालय तथा सम्पूर्ण कार्यालय एवम् गैह्र सरकारी संघ/संस्थाहरुबाट हुने काम समेत बन्द भएको जनाएको छ ।

नगरपालिकाले नगरभित्र हुने कुनैपनि तालिम, भेला, जमघटमा समेत रोक लगाउनुका साथै बजार क्षेत्रमा दैनिक उपभोग्य सामग्री बाहेकका होटल, पसल तथा व्यवसाय समेत बन्द गराएको छ ।

जिल्लाको रोशी गाउँपालिकाले पनि गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि गत आइतबारदेखि अनिश्चित कालका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।

कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना पुष्टि भएकाले सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ । कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवा र विद्युतीय माध्यमबाट हुन सक्ने सेवा भने सञ्चालन हुने जनाएको छ ।

वि.सं.२०७७ असोज २३ शुक्रवार १८:०२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...