फेरि ह्वात्तै घट्यो कुखुराको मासुको मूल्य, प्रतिकेजी कतिमा झर्यो ?

काठमाडौं । नेपालीहरुको महान चाड बडा देशैं नजिकिँदै गर्दा कुखुराको मासुको मूल्य पनि घट्न थालेको छ ।

 

दशैंमा बिक्री हुने भन्दै व्यवसायीले खोरमा धेरै कुखुरा तयार पारेर बजारमा पठाउन थाल्दा मागभन्दा आपूर्ति बढी भएर मासुको मूल्य पुनः घट्न थालेको हो ।

उत्पादन धेरै र खपत कम हुन थालेपछि मूल्य प्रतिकेजी ३५ रुपैयाँले घटेको हो । हाल बजारमा जिउँदो कुखुराको किसान मूल्य प्रतिकेजी एक सय ५० रुपैयाँ र मासु उपभोक्ता मूल्य दुई सय २० रुपैयाँ कायम गरिएको छ ।

मासु खपत कम हुँदा कतिपय खुद्रा ब्यापारीहरुले किलोको २ सय रुपैयाँमै मासु बेच्न थालेका छन् ।गत साता जिउँदो कुखुरा प्रतिकेजी एक सय ६० रुपैयाँ र मासु प्रतिकेजी दुई सय ५५ रुपैयाँसम्म पुगेको थियो ।

२०७७ असोज २४ गते ०८:४२ मा प्रकाशित

You can share this post!

बढ्यो पानीको मूल्य, कति पुग्यो ?

बढ्यो पानीको मूल्य, कति पुग्यो ?

Related posts