back
NMB ad

‘जापानमा कुकलाइ सास्ती’

Kumari bank ad

टिका खड्का ‘मोहन’ । गलकोट र गलकोट बासिको उत्थान प्रवद्धनको लागि स्थापित एक संस्था गलकोट समाज जापान । गलकोट मुलबासी भएर होलानाम लिदा पनि आनन्दित भएर आउछ ।

संसारभर चलेका संस्थाहरु मध्य शक्तिशाली संस्था गल्कोट समाज जापान पनि एक हो जस्मा दुइ मत छैन । गल्कोटको र गलकोटबासीको एउटा आफ्नो छुट्टै पहिचान र गौरव छ । छाति चौडा गरेर गर्व गर्न मिल्ने धेरै कुराहरु गलकोट भित्र छन् ।

कुनै पनि सस्थाविधीवत रुपमा संचालन गर्नको लागि मानव संसाधनको ठूलो भूमिका रहन्छ । भर्खरै मात्र गलकोट समाज जापानको अधिवेशनविधिवत रुपमा सम्पन्न भएकोछ ।

सस्थाभित्र रहनु भएका चुनिनु भएका सबै पधादीकारीहरुलाइ शुभकामना भन्न चाहान्छु । कार्यकाल सफल रहोस हामी जस्ता सर्बसाधारणको हक हितको लागि सधै मार्ग निर्देशन बनोस ।

जापान प्रबेश गरेका अथवा गर्दैगरेका नया पुराना सबै सबैको दुःख मर्का र पिडामा मलम पट्टीको काम गर्ने संस्था बनोस भन्न चाहान्छु । यो भन्दा अगाडी संस्थालेगरेका काम प्रति उच्च सम्मान छ ।

संस्थाका अध्यक्ष ज्युहरु र कार्यसमितिले निभाएको भुमिका प्रती नतमस्तक छौ । सस्थाले लिनेकार्यभार संस्थाले गर्ने कार्य योजनाहरु तर्जुमा पक्कै थुप्रै भए होलान ।

म छोटे बुबुरो छु तर पनि यो संस्था भन्दा बाहिर बसेर केहिटिका टिप्पणी गर्ने कोसीस गरेको छु । अग्रज मान्यवरहरुमा मेरा शब्दले केहि ठेस अथवा मर्का पर्न गएमा क्षमा यचना गर्दछु ।

संस्था भित्र कुनै पनि व्यत्ति आफ्नो स्वामित्वको लागि संस्था भित्रको सम्पति प्रयोग गर्न कानुनले दिदैन । संस्थाको नाममा कालोबजारी राजनीतिकरण,ब्यक्तिगत स्वार्थ, दुश्मनी,संस्था भित्रै गुण्डा गर्दी यस्ता यावत कुराले सस्था तितर बितर भएको हामीले कहिकतै देख्न सकिन्छ ।

सस्था खोलिनुको उदेश्य, सस्थाले ल्याउने योजनाहरु,आर्थिक भार र भोलीको दिनमा सस्थालाइ चुस्त दुरुस्तबनाउनको लागि लगाभको बारेमा टन्नै छलफल हुनु जरुरी छ । आलोचनात्मक टिप्पणीहरु सुनुवाइ हुनु जरुरी छ । ’मै खाउ मै लाउमा मोज मस्ती गरु’ यो उक्त्तिको पछि लाग्नु भनेको भोलीको लागि सस्था लगायत आफू पनि पतन हुनु हो ।

जापानमा रहदै आउनु भएका नया पुराना सबै व्यत्ति विशेषमा आ(आफ्नै समस्या छन् । कसैका आफ्नै ब्यत्तिगत होलान त कसैकासस्थागत होलान । व्यक्तिलाइ संस्थाले प्रयोग गर्नु दुराचार हो ।

जापानमा एउटा यस्तो संस्था बन्यो व्यवसायीक सस्था जस्लेजापान समाज गल्कोटको नाउमा मान्छे प्रयोग गरेर मोटो दाम असुल्ने । रेष्टुरेन्ट व्यबसायका मालिकहरुले नै गलकोट समाज जापानसंचालनमा ल्याए जस्तै महसुस हुनु स्वाभिक नै हो जहा तिनै मालिकहरुको बढि बाहुल्यता छ । त्यसैले यहि संस्था र संस्था भन्दाबाहिरका केहि समस्याहरुको बारेमा केहि टिका टिप्पणी गर्ने कोसीस गरेकोछु ।

जापानमा रेष्टुरेन्ट ब्यवसाय संचालन गरी नेपालबाट कर्मचारीको रुपमा ल्याउने र भने जति तलव नदिने,जापानको प्रचलितनियम अनुसार हप्ताको २ दिन बिदा नदिइ सातै दिन काम गराउने काम भैरहेको छ यो सत्य नै हो ।

यस्ता कुराहरु सामाजीकसंजालमा खुबै चर्चाको विषय बन्दै गर्दा गलकोट समाज जापानका केहि पदाधिकारीहरु समेत मुछिएको कुरा पनि आएको छ । केहिहद सम्म यो कुराको उठान र समग्र नेपाली कुक दाजुभाइको माग लाइ नियालेर हेर्ने हो भने सहि छ ।

तर अव्यवस्थित तवरलेसस्थामा आँच आउने किसीमका दुरब्यवाहार गर्नु पनि उचित होइन । व्यक्तिगत दुश्मनिको कारणले या संस्थाको कुनै दर्जा नपाउनलेयो भएको छ या पागलपनले छट्पटिएर बरबराइएको छ ।

संस्था भित्र रहेर नेट एण्ड क्लिन व्यवाहार गर्नु जरुरी देखिन्छ । संस्थालाइढलाउने पछारने र व्यक्तिको खुट्टा तान्ने प्रवृत्तिले गर्दा बैमनस्य भाइचाराको मुढभेट त पक्कै बनाउछ ।

व्यबसाय संचालन गरेकोव्यक्ति र कर्मचारी दुइ पक्ष विच आपसी सहमति र समाझधारीले मात्रै काम गर्ने र गराउने हुन्छ । पक्कै पनि जवर्जस्ति लादेर कामलगाएको होइन होला ।

कतिपय अवस्थामा कुकहरुलाइ तोकियको मितीमा तलब दिन नसक्ने स्थिती पनि आउन सक्छ तरतोकियको तलव चाहि मौखिक संम्बन्ध मिलाएर भए पनि भाका परीवर्तन गरेर दिनु चाहि पर्छ नै ।

नदिएको खण्डमा कुक अथवाकर्मचारीलाइ ह्रासमेन्ट गरीएको देखिन्छ । व्यावसायिक व्यक्तिले व्यवसाय चुस्त रुपमा ब्यवसाय चलोस या नचलोस बोलेको बोलिपरीवर्तन गरी तोकियको तलव नदिने दुर्व्यवहार गर्ने जस्ता कृयाकलाप बन्द हुनु पर्छ ।

गलकोट समाज जापानको नाम लिएर केहिव्यक्तिगत रीसीवी केहि मनगणन्ते आरोप गुण्डा गर्दि र अतिरन्जित भएको सामाजिक संजालमा देखिन्छ । यो गर्नु सिंगो गलकोटबासि र गलकोटलाइ दुरदसा बनाउनु हो कठैवरा बनाउनु हो ।

समाज परीवर्तन गर्छु भनेर एक्लै कुर्लेर हुदैन एक्लैले समाज परीवर्तनगर्न खोज्नु भनेको मुर्खता हो । परीवर्तनको लागि संस्था गुठ समुह र आत्मालोचक सहपाठीको आवश्यक पर्छ ।

यहा संस्था भित्ररहेका कालो कर्तुतहरु केहि हद सम्म पर्दामा आउलान तर पूर्ण रुपमा आउन गाह्रो हुन्छ । साठ गाठ र गुण्डाहरुको झुण्ड भित्र एकसज्जन पस्नु र सत्मार्ग सत्कर्मको कुरा गर्नु भनेको बल्दैगरेको रापमा पस्नु जस्तै हो ।

जापानमा कुकहरुको समस्या गलकोट बासीको मात्र नभइ सिंगो देशबासिको नै छ । कुकहरु धेरै मर्कामा छन् । हामि संस्थामानभएपनि बाहिरबाट नियाल्दा छर्लंगै देख्न सकिन्छ ।

नेपालबाट आफ्नो कम्पनिको लागि कर्मचारी रेफर गरीन्छ अथवा आवश्यकतापर्यो भनि आबेदन गरीन्छ । डकुमेन्टेसन देखि भिसा प्रोसेसिगं सम्म व्यवसायीक होल्डरले लाग्ने दस्तुर भन्दा बेसी कबुल गरेकाहुदारहेछन् ।

जापानमा कुकहरु अथावा कामभिसामा आउन चाहानेहरुको लागि १२र१५ लाख लाग्नु भनेको अधिक्तम रकम हो । योपैसा जुन कम्पनिको मालिक जस्ले कर्मचारी बोलाउदैछ उस्ले ७० प्रतिसत लिनेहुन भन्दा फरक पर्दैन।

यहा तुलनात्मक हिसावले हेर्दासबै त्यहि क्याटेगोरीमा पर्दछन् । सज्जन त केहि औलामा गन्न मिल्ने होलान । आफ्नै बल भित्रको अथवा नातेदार आफन्तहरुलाइसमेत बेसी रकम असुल गरी ठगि गर्न समेत पछि नपर्नेले नातागोता भन्दा बाहिरका मान्छेलाइ कस्तो व्यवाहार हुन्छ होला ।

पैसा संगसम्बन्धको मतलब नगर्ने यस्ता केहि थान व्यक्तिहरु छन् जस्ले केहि थान गुण्डा नाइकेहरुलाइ गीलास ठोक्काएर र केहि रकमलेपालेका पनि हुन्छन् । भनेको तलब नपाइनु भनेको समयमा तलव नपाउनु जस्ता कुराहरु मालिक संग माग गर्दा कामबाट बहिस्कारगर्न समेत पछि नपरेको समचार सुन्नमा पाइन्छ ।

पैसासंग अनमत्त भएकाहरुलाइ सामान्य सर्वसाधारणले बोलेर आफै गिर्नु पर्नेस्थिती जापानमा कुकहरुको छ । कुकहरुको समस्या अहिले जसरी सामाजिक संजालमा भाइरल बनेकोछ यो कुराको छिट्टै नैछानबिन होस र पिडकको समस्याको समधान गरीयोस भन्दै संस्थाका पदाधिकारियोको ध्यानाकर्षणगराउन चाहान्छु ।

सामाजिक संजाललाइ प्रयोग गरेर गलकोट समाज जापानलाइ फोहोरी संस्थाको रुप नदिउ । संस्था भित्र रहेर अथवा बाहिररहेर आफुले कति गर्न सकिन्छ गरौ । आलोचना पनि ग्रहण गर्नु पर्छ मै ठूलो मै सेर मै गन्ने मान्ने भनेर सेठ बन्नु गलत हो ।

गल्ति मान्छेबाट हुन्छ गल्ति को महसुस गरौ । एकले अरेकालाइ सहयोग र भाइचाराको सदभाव कायम गरौ । कसैले कसैलाइ ब्यत्तिगतआरोप लगाएर तुच्छ शब्द प्रयोग गरेर आफै गिर्ने काम नगरौ । समस्याको समाधान जहा कहि हुन्छ फराकिलो सोचेर अगाडी बढौ ।केहि समयको आबेगले सिगों जिवनमा समस्या नआउला भन्न सकिदैन ।

साथै नजिकिदै गरेको बडा दशै तथा विजया दशमीकोसम्पूर्ण जापान वासी नेपाली स्वदेश विदेश जहा कतै छरिएर रहनु भएको मुलनेपाली बासीहरुमा हार्दिक मंगलमय शुभकामना ।

वि.सं.२०७७ असोज २४ शनिवार ०९:०७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...