back
NMB ad

कालीगण्डकी करिडोरको काम पुनः सुरू

Kumari bank ad

नवलपुर । कोभिड–१९ महामारीको त्राससँगै गत चैतदेखि बन्द भएको कालीगण्डकी करिडोर निर्माणको काम पुनः सुरू भएको छ ।

नेपालको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटदेखि पाल्पासम्मको सडकखण्ड निर्माणको काम शुरु गरिएको निर्माण पक्षले जनाएको छ ।

“कोरोनाको सङ्क्रमणको उच्च जोखिमका कारण चैतदेखि करिब सात महिनासम्म आयोजना नै ठप्प हुन पुग्यो”, निर्माण कम्पनी आशिष निर्माण सेवाका साइड इन्चार्ज कपिल गौलीले भन्नुभयो, “कोरोना महामारीका कारण सबै कामदार घर जाँदा काम ठप्प भएको थियो, अहिले केही कामदार ल्याएर निर्माणको काम पुनः थालेका छौँ ।” कोरोना जोखिमका कारण काम गर्न असहज परिस्थिति सिर्जना भएको भए पनि अब दशैँलगत्तै करिडोर निर्माणको कामले तीव्रता पाउने गौलीले बताउनुभयो ।

उत्तर–दक्षिण लोकमार्ग (कालीगण्डकी करिडोर)अन्तर्गत अर्गली–रामपुर (पाल्प)–गैँडाकोट १३२ किमी, रिडी–गुल्मी–बाग्लुङ ८८ किमी, बाग्लुङ–बेनी–जोमसोम ८७ किमी, जोमसोम–कोरला १०५ किमी पर्छ । रु ५ अर्ब ४७ करोडको लागतमा निर्माण शुरु भएको कालीगण्डकी करिडोरको गैँडाकोटदेखि पाल्पाको राम्दीसम्म १३२ किलोमिटरको काम अगाडि बढेको गौलीले बताउनुभयो ।

निर्माणको ठेक्का पाएको भारतीय कम्पनी इकेके इन्फ्रास्टक्चर लिमिटेडले नेपालको गौली ग्रुप र आशिष निर्माण सेवालाई सडक निर्माणको लागि पेटी ठेक्का दिएको थियो ।

पूर्वपश्चिम राजमार्गमा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटस्थित कालीगण्डकी चोकदेखि पाल्पा पिपलडाँडा राम्दीसम्मको १३२ किलोमिटर सडकको चौडाइ ११ मिटरको हुनेछ ।

निर्माण पक्षका साइट इन्चार्ज गौलीका अनुसार सो सडकमा सात मिटर कालोपत्र, एक÷एक मिटरको किनार तथा एक/एक मिटरको नाला रहनेछ । ट्रयाक निर्माण सकिएको करिडोरको कालोपत्रको काम गत वैशाखबाट शुरु गर्ने तयारी गरिएको भए पनि कोभिड त्रासका कारण काम रोकिँदा एक वर्षपछि धकेलिएको आयोजनाले जनाएको छ ।

“आगामी २०७८ सालको वैशाखबाट हामीले उक्त सडकखण्डमा कालोपत्रको काम शुरु गर्ने गरी अन्य कामलाई तीव्रता दिँदैछौँ”, गौलीले भन्नुभयो, “अहिले पाल्पाबाट काम गर्दै गैँडाकोटतर्फ आएका छौँ, सो सडकको ८५ किलोमिटर सडक फराकिलो पार्ने काम सकिएको छ ।” कालीगण्डकी करिडोरअन्तर्गत पाल्पा–गैँडाकोट सडकखण्डलाई चारवटा खण्ड बनाएर निर्माणको काम भइरहेको छ । गैँडाकोटबाहेकको अन्य खण्डमा पहाड काट्ने तथा भर्ने काम भइरहेको गौलीले जानकारी दिनुभयो ।

कालीगण्डकी करिडोरको पाल्पा–गैँडाकोट खण्डलाई गैँडाकोटको कालीगण्डकी चोकबाट बुलिङटारको थामबँेसी, थामबेँसीबाट भारतीपुर, भारतीपुरबाट भलायटार र भलायटारबाट पाल्पा रामपुरको पिपलडाँडा गरी चार खण्डमा विभाजन गरेर काम अगाडि बढाइएको निर्माण पक्षले जनाएको छ ।

विसं २०७५ मङ्सिर १७ गतेबाट शुरु गरिएको गैँडाकोट पाल्पा खण्डको निर्माणकार्य २०७८ मङ्सिर १६ भित्र सक्नुपर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । यद्यपि कोभिड सङ्क्रमणका कारण काम ठप्प भएपछि आयोजनाको काम साढे एक वर्ष पछाडि धकेलिने आयोजनाले जनाएको छ ।

यस करिडोरको गैँडाकोट–पाल्पा सडकखण्डमा ३२ वटा पुल निर्माणकार्य अन्तिम चरणमा पुगेका कालीगण्डकी करिडोर निर्माण आयोजनाका सबइञ्जीनियर पदम अधिकारीले बताउनुभयो ।

काम शुरु भएको करिब दुई वर्ष बित्नै लाग्दा सो सडकको प्रगति ३० प्रतिशत मात्रै देखिएको अधिकारीले बताउनुभयो । सडक निर्माण समयमा नै सक्नका लागि आयोजनाको तर्फबाट निर्माण पक्षलाई निरन्तर सचेत गराइएको अधिकारीको भनाइ छ ।

वि.सं.२०७७ असोज २५ आइतवार १०:१९ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...