देशभर थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि: १५५२ जना डिस्चार्ज, सक्रिय संक्रमित ३१३१५

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या एक लाख ७ हजार ७५५ पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार ५५२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्

यसैगरी हालसम्म ७५ हजार ८०४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७० दशमलव ३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार ४२७ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजसम्म ११ लाख ७६ हजार ९८४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १३ हजार ६४९ जना र होम आइसोलेसनमा १७ हजार ६६६ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ६१३ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३२९ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

२०७७ असोज २५ गते १६:१९ मा प्रकाशित

You can share this post!

निषेधाज्ञाबारे उपत्यकाका तीन जिल्लाका सीडीओहरु के भन्छन् ? यस्तो छ तयारी !

निषेधाज्ञाबारे उपत्यकाका तीन जिल्लाका सीडीओहरु के भन्छन् ? यस्तो छ तयारी !

Related posts