back
NMB ad

सबै विद्यालय कात्तिक १५ सम्म बन्द गर्ने निर्णय, भर्खरै आयो यस्तो सूचना !

Kumari bank ad

दाङ । घोराही उपमहानगरपालिकाले कोरोना सङ्क्रमणको दर बढेको भन्दै सामुदायिक र संस्थागत विद्यालयहरुमा भइरहेको सहजीकरणका क्रियाकलाप २० दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

नगर शिक्षा समितिको आइतबार बसेको बैठकले नगरभित्र दैनिक कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै कात्तिक १५ गतेसम्मका लागि सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।

घोराही उपमहानगरपालिकाले असोज १ गतेदेखि अस्थायी सिकाइ केन्द्रका रुपमा सबै विद्यालयहरुमा सिकाइ सहजीकरण क्रियाकलापहरु सञ्चालन गर्दै आएका थिए ।

नगरका कार्यवाहक प्रमुख भरतमणि अर्यालको अध्यक्षतामा बसेको बैठकले समुदायस्तरमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै कात्तिक १५ गतेसम्म सिकाइ केन्द्रमा भइरहेको सहजीकरणका क्रियाकलाप बन्द गर्ने निर्णय भएको सदस्य सचिव एवं शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख विनोद गौतमले जानकारी दिनुभएको छ ।

त्यसैगरी कक्षा ११ को परीक्षासमेत स्थगन गर्ने बैठकले निर्णय गरेको छ । तर शिक्षा महाशाखा एवं विद्यालयहरुको दैनिक प्रशासनिक काम भने यथावत् राख्ने निर्णय भएको छ ।

घोराही उपमहानगरपालिकामा अहिलेसम्म पाँच सय ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने तीमध्ये तीन सय ९६ जना सङ्क्रमणमुक्त भएका छन् ।

प्युठानको नौबहिनी गाउँपालिकाले पनि शिक्षण सिकाइका क्रियाकलाप स्थगन गरेको छ । समुदायमा कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि नौबहिनीमा रहेका विद्यालयका पठनपाठन कार्य स्थगन गरिएको हो ।

वि.सं.२०७७ असोज २५ आइतवार १९:१८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...