back
NMB ad

ईच्छा शक्ति भए थुप्रै कार्य गर्न सकिन्छ : मुख्यमन्त्री पौडेल

Kumari bank ad

बिश्व अधिकारी,मकवानपुर । मकवानपुर जिल्लाको जिल्ला स्तरीय वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षता एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले ईच्छा शक्ति भए थुप्रै कार्य गर्न सकिन्छ भन्ने उदाहरण जिल्ला समन्वय समितिले प्रस्तुत गरेको बताउनुभयो ।

उहाँले जिल्ला समन्वय समिति, मकवानपुरले सिमित स्रोत साधन तथा कार्यादेशका बावजुत पनि प्रशस्त कार्यहरु गरेको भन्दै प्रसंशा गर्नुभयो । पौडेलले कोरोना कहरमा समितिले गरेको कार्यहरुको चर्चागर्दै इच्छाशक्ति भए थुप्रै कामगर्न सकिने उदाहरण मकवानपुरको जिल्ला समन्वय समितिले दिन सकेको बताउनुभयो ।

उहाँले स्थानीय तहहरुले सम्पादन गरेका कार्यहरुको वार्षिक समीक्षाले भइरहेका कार्यहरुको परिणाम र उपलब्धीका बारेमा धारणाहरु निर्माण हुने स्थानीय तहहरुबीच समेत समन्वय हुने बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले राज्यका तीन तहका सरकारहरुले एकले अर्कोलाई खुइल्याउने प्रवृत्ति अन्त्य गरिनुपर्ने बताउनुभएको छ । उहाँले तीनै तहका सरकार जिम्मेवार भएर लागेमा मात्र देश विकास हुने समृद्धि हासिल गर्न सकिने धारणा राख्नुभयो ।

उहाँले विकास निर्माणका योजनाहरुको छनौटमा सबै तहका सरकारको सान्वय भएमात्र सही र आवश्यक योजनाहरु छनौट हुने समेत बताउनुभयो ।

कार्यक्रममा राष्ट्रसभा सदस्य रामचन्द्र राईले गाँजा खेती गरिरहेका जिल्लाका किसानहरुलाई जिल्ला समन्वय समितिले गाँजा जस्तो अवैधानीक हैन वैधानिक र व्यवसायिक खेतीपातीतर्फ लगाउन भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।

मीक्षा बैठकमा जिल्लाका दशवटा स्थानीय ततलगायत जिल्ला स्थित सरकारी कार्यालय तथा गैरसरकारी संघसंस्थाले आर्थिक वर्ष २०७६/०७६ मा गरेका कामहरुको प्रस्तुती गर्नुभएको थियो ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादु पुलामी, ओम ग्लान, सन्त बहादुर चेपाङ्, जिसस उपप्रमुख भगवती पुडासैनी, मकवानपुरका १० वटै स्थानीय तहका प्रमुख/उपप्रमुख, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, समन्वय अधिकारी आनन्दराज पोख्रेल, १० वटै पालिकाका प्रमुख प्रशासकिय अधिकृत, विभिन्न सरकारी तथा गैर रसकारी कार्यालयका प्रमुख एवक् प्रतिनिधिहरुको सहभागिता थियो ।

विभिन्न व्यक्ति एवम् संस्था सम्मानीत

मकवानपुर जिल्लाको जिल्ला स्तरीय वार्षिक समिक्षा बैठकमा जिल्ला समन्वय समिति मकवानपुरले विभिन्न क्षेत्रमा योगदान पु¥याउनु हुने व्यक्ति एवम् संघ संस्थालाई सम्मान गरेको छ ।

समीक्षा बैठकको उद्घाटन शत्रमा मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न व्यक्तित्व तथा संघसंस्थाहरुलाई सम्मानपत्र एवम् कदर पत्रद्धारा सम्मानीत गर्नुभएको हो ।

सो अवसरमा हेटौंडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठलाई जिल्लाको स्वास्थ्य क्षेत्रमा पु¥याउनु भएको योगदानको कदर गर्दै सम्मानित गरिएको छ ।

यस्तै कोभिड बिरामीको उपचारकालागि पु¥याउनुभएको योगदानको कदर गर्दै हेटौंडामा सञ्चालित आइसोलेशन कक्षका प्रमुख भोला चौलागाई र मकवानपुर जिल्लामा पहिलो व्यवसायिक तिलफल(ड्रागन फ्रुट) उत्पादन गर्ने मनहरीका किसान हरिशरण अर्याल, हेटौंडा–८ का तेक्वान्डोका अन्तराष्ट्रिय पदक विजेता खेलाडी नारायण थिङ्लाई सम्मानपत्रद्धारा सम्मनीत गरिएको छ ।

त्यस्तै जिल्लामा रहेर विभिन्न क्षेत्रमा योगदान पु¥याउनु हुने तथा कोभिड नियन्त्रणका सन्र्दभमा जिल्ला समन्वय समितिलाई प्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने उद्योग परीसंघ बागमती प्रदेश, उद्योगसंघ मकवानपुर, उद्योग वाणिज्य संघ मकवानपुर, प्लान ईन्टरनेसनल, सामुयायिक विकास केन्द्र नेपाल (सीसीडीएन), श्रीकृष्ण प्रणामी सेवा समिति, सहयोगी मन नेपाललाई कदरपत्र एवम् प्रशंसापत्रद्धारा सम्मानीत गरिएको हो । उहाँहरुलाई मुख्यमन्त्री पौडेलले सम्मान पत्र एवं प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।

वि.सं.२०७७ असोज २५ आइतवार २०:४९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...