अमेरिकामा घट्न थालेको हो संक्रमित र मृतकको संख्या ?

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १० लाख ८१ हजार ४०८ जनाको मृत्यु भएको छ भने ३ करोड ७७ लाख ४० हजार २२७ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड ८३ लाख ४६ हजार ४५५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६८ हजार ७११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म २ लाख १९ हजार ६९५ जनाको मृत्यु भएको छ भने ७९ लाख ९१ हजार ९९८ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ५१ लाख २८ हजार १६२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २६ लाख ४४ हजार १४१ जना उपचाररत छन् ।त्यस्तै १४ हजार ७४१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म १६ हजार ५८४ जनाको मृत्यु भएको छ भने ८ लाख ५५ हजार ३८९ जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै टेक्सासमा १७ हजार ८३ जनाको मृत्यु भएको छ भने ८ लाख ३५ हजार ८३२ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै फ्लोरिडामा अहिलेसम्म ७ लाख ३४ हजार ४९१ जनालाई कोरोना संक्रमण भएको छ भने १५ हजार ३६५ जनाको मृत्यु भएको छ । अमेरिकामा आईतवार मात्रै ४१ हजार ९३५ जना संक्रमित थपिएका छन् भने ३२५ जनाको मृत्यु भएको छ ।

२०७७ असोज २६ गते ०८:१० मा प्रकाशित

You can share this post!

धादिङमा गुडिरहेको बसमा आगो लागेपछि...

धादिङमा गुडिरहेको बसमा आगो लागेपछि...

Related posts