back
NMB ad

सडक निर्माणको क्षेत्रमा काम गर्ने नेपालीको सङ्ख्या बढ्यो

Kumari bank ad

हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सडक निर्माणको क्षेत्रमा काम गर्ने नेपाली जनशक्तिको उल्येख्य वृद्धि भएको बताएका छन् ।

सडक कालोपत्र गर्ने काममा भारतीय तथा तेस्रो देशका मजदूरले मात्रै काम गर्ने गरेको बताउँदै मन्त्री फुयाँलले पछिल्ला दिनमा नेपाली सडकमा नेपाली मजदूर अझ महिलाको समेत सङ्ख्या बढ्दै गएको उल्लेख गरे ।

मन्त्री फुयाँलले अन्यत्र गएर विभिन्न प्रकारका मजदुरी गर्ने नेपाली कोरोना कहरका कारण थन्किएको अवस्थामा पूर्वाधार निर्माणका क्षेत्रमा थुप्रै जनशक्ति खपत गरिएको जानकारी दिए ।

मन्त्री फुयाँलले केही दिनपहिले मात्रै शिलान्यास गरिएको काभ्रेका सडकमा महिला मजदूरले काम गरिरहेका देखिएको हेटौँडा–काठमाडौँका सडकमा समेत महिला–पुरुषले संयुक्त रूपमा काम गरिरहेका बताए ।

नेपालमा हुने विभिन्न काममा नेपाली जनशक्ति प्रयोग गर्न सकियो भने पनि बेरोजगारी समस्या समाधान हुने तथा विदेशिएका जनशक्तिलाई स्वदेशमै स्थापित गराउन सकिने उनको भनाइ थियो ।

उनले अटोमोबाइलको क्षेत्रमा भने अझै पनि नेपाली मिस्त्री तथा मजदूरको अभाव रहेकाले सरकारले त्यो पूर्ति गर्नका लागि विशेष योजना बनाएको बताए ।

मन्त्रालयले अटोभिलेजको निर्माण गर्ने र इच्छुक महिला–पुरुषलाई संयुक्त रुपमा अटो मेकानिक्सको तालीम दिने तयारी थालेको जानकारी दिए । तालीममा दम्पतीलाई सहभागी गराइने उनको भनाइ थियो ।

मन्त्री फुयाँलले प्रदेश सरकार स्वदेशी श्रमिकलाई स्वदेशमै रोजगार उपलब्ध गराउन प्रयासरत रहेको बताए । “हामीले गर्ने हरेक निर्माणमा बेरोजगारहरुलाई बढीभन्दा बढी रोजगारी उपलब्ध गराउन के गर्न सकिन्छ भन्ने हाम्रो ध्याउन्न हुन्छ, प्रदेशका हरेक मन्त्रालयका गतिविधि कहीँ कतै बेरोजगारी समस्या समाधानका लागि हुने गर्छन्”, उनले भने ।

वि.सं.२०७७ असोज २६ सोमवार १३:३० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...