back
NMB ad

सहकारीको साख बढाउन म्यानेजर्सहरुको भूमिका महत्वपूर्ण हुन्छ : सांसद केसी

Kumari bank ad

बागलुङ । नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका उपाध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य मनकुमारी जिसी केसीले आम समुदायको दुखको साथी बनेको सहकारी क्षेत्रको साख बढाउनका लागि म्यानेजर्सहरुको भूमिका प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको छ ।
कोअपरेटिभ म्यानेजर्स क्लव (सिएसी) बागलुङले सोमबार आयोजना गरेको जिल्ला सहकारी संघ तथा विषयगत सहकारी संघका अध्यक्षहरुसंगको परिचय तथा छलफल कार्यक्रमको उद्घाटन गर्दै सांसद केसीले यस्तो बताउनुभएको हो ।

आम सहकारीकर्मीहरुको बल र मेहनतका कारण आज सहकारी क्षेत्र आम समुदायको विपदको साथी बन्दै गएको छ, सांसद केसीले भन्नुभयो–कतिपय सहकारीहरुका कारण यसलाई कमजोर बनाउने काम पनि हुदै आएकाले यसको साख बचाउनका लागि म्यानेजर्सहरुको भूमिकालाई थप शसक्त बनाउनु पर्दछ ।

सहकारी अभियानलाई बलियो बनाउनका लागि अभियानकर्मीहरुको ऐक्यवद्धतामा जोड दिदै सांसद केसीले क्षणिक फाइदाका लागि अभियानलाई कमजोर बनाउने काम गर्न नहुने बताउनुभयो । उहाँले सहकारी ऐनको कार्यान्वयनमा जोड दिदै ऐनमा भएका कमी कमजोरी सच्याएर अगाडि बढ्नु पर्ने बताउनुभयो ।

कार्यक्रमका अन्य वक्ताहरुले सहकारीका कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्दै सहकारी अभियानलाई थप प्रभावकारी बनाउन म्यानेजर्स क्लवको भूमिका प्रभावकारी बनाउन सुझाव दिनु भएको थियो ।

उहाँहरुले सहकारी ऐनको कार्यान्वयन लगायत सहकारीप्रति जनताको आकर्षण बढाउनका लागि अग्रमोर्चामा रहेर काम गर्ने कर्मचारीहरुको भूमिका हुने भएकाले क्लवले त्यस्ता विषयमा ध्यान दिनु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु), राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका लेखा सदस्य खीम बहादुर कार्की, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा बहादुर कुँवर, कृषि सहकारी संघका सचिव गंगा बहादुर थापा, नेपाल पत्रकार महासंघका सचिव राम थापा अविरल, राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

क्लवका अध्यक्ष दिपक राजभण्डारीले क्लवको उद्देश्य र आगामी कार्ययोजनाका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले सहकारीका कर्मचारीहरुको नेतृत्व विकास तथा क्षमता अभिवृद्धिसंगै सहकारी क्षेत्रमा देखिएका संभावनाहरुलाई अगाडि बढाउन र चुनौतीहरुको सामनाका लागि एकतावद्ध भएर अगाडि बढ्नका लागि क्लव गठन गरिएको जानकारी दिनुभयो ।

कार्यक्रम कोअपरेटिभ म्यानेजर्स क्लव (सिएमसी) बागलुङका अध्यक्ष राजभण्डारीको अध्यक्षता, सचिव ताराप्रसाद शर्माको सञ्चालन, कोषाध्यक्ष मुना शर्माको स्वागत र सदस्य टिकाराम सापकोटाको धन्यवाद मन्तव्यमा सम्पन्न भएको क्लवका उपाध्यक्ष दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

वि.सं.२०७७ असोज २६ सोमवार १३:४१ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...