देशभर थप ४०४७ जनामा देखियो कोरोना : उपत्यकामा मात्रै २२८३, कुल संक्रमित कति पुगे ?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ६४५ जनाको मृत्यु पुष्टि भएको छ ।

सोमवार मात्रै १ हजार ४७३ जना कोरोना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् । मन्त्रालयका अनुसार सोमवार थपिएका नयाँ संक्रमितमध्ये २ हजार २८३ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

यस्तै काठमाडौं जिल्लाका १ हजार ८८८ जना, ललितपुर जिल्लाका २७७ जना र भक्तपुर जिल्ला ११८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

२०७७ असोज २६ गते १६:२५ मा प्रकाशित

You can share this post!

तीन विद्युतीय शवदाह निर्माण गर्दै काठमाडौं महानगर

तीन विद्युतीय शवदाह निर्माण गर्दै काठमाडौं महानगर

Related posts