back
NMB ad

क्लासिक टेकले ल्यायो ५५ हजारसम्म छुटसहितको विशेष अफार, छुट पाउनका लागि के-के गर्ने ?

Kumari bank ad

काठमाडौं । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले हरेक ग्राहकहरुका लागि भारी छुटको आफर ल्याएको छ ।

 

क्लासिकले नेपालीहरुको महान चाड बडादशैंको अवसर पारेर ५५ हजारसम्मको भारी छुट पाईने अफर ल्याएको हो । उक्त अफरबाट कम्पनीले ५५ हजार मूल्य बराबरको इन्टरनेट सेवाको रिचार्जमा छुट र बोनस उपलब्ध गराउनेछ ।

कम्पनीले दशैंको अवसरमा ल्याएको नयाँ अफर अनुसार कम्पनीका हालका ग्राहकहरुले इन्टरनेट सेवाको १ वर्षको रिचार्ज गरेको खण्डमा ५५ हजार बराबरको छुट प्राप्त गर्नेछन् । त्यसैगरि ग्राहकहरुले ६ महिनाको इन्टरनेट सेवा रिचार्ज गरेको खण्डमा २८ हजार बराबरको छुट प्राप्त गर्नेछन् ।

कम्पनीले पुराना ग्राहकहरुको लागि नयाँ रेफर अफर समेत सार्वजनिक गरेको छ । यसअनुसार ग्राहकहरुले क्लासिक टेकको मोबाइल एपमा गएर रेफरमा क्लिक गरेर आफ्ना साथीभाई तथा आफन्तहरुको नाम र नम्बर ठेगाना राख्नुपर्ने हुन्छ र उहाँहरुले रेफर योजना अन्तरगत १ वर्षको सब्सक्रिप्सनमा २ महिनाको बोनस इन्टरनेट र आईपी टिभी सेवा निशुल्क पाईनेछ भने ६ महिनाको सब्सक्रिप्सनको साथमा १ महिनाको बोनस इन्टरनेट सेवा र आईपी टिभी निशुल्क पाईनेछ । त्यसैगरि ३ महिनाको सब्सक्रिप्सनको साथमा १५ दिनको बोनस र आईपीटिभी उपलब्ध हुनेछ ।

क्लासिक टेकले ल्याएको यो योजना नेपालभर रहेका क्लासिक टेकका ग्राहकहरुको लागि उपलब्ध हुने क्लासिक टेकका प्रमुख सेल्स र मार्केटिङ्ग अफिसर बिनय अधिकारीले जानकारी दिनुभएको छ ।

उहाँकाअनुसार यो अफरमार्फत ग्राहकहरुलाई उच्च गुणस्तरको इन्टरनेट सेवा दिन कम्पनी आक्रामकरुपमा अगाडि बढ्नेछ । रेफरको बारेमा थप जानकारी थाहा पाउनका लागि क्लासिक टेकको यूट्यूब च्यानलमा हेर्न सकिनेछ ।

 साथै क्लासिक टेकको नयाँ नयाँ योजना र अफरहरु तथा सेवा सुबिधाहरुको बारेमा जानकारी लिन कम्पनीको भाइबर कम्युनिटीमा जोडिएर तथा फेसबुक मार्फत पनि थाहा पाउन सकिनेछ ।

रेफर गर्ने तरिका
क्लासिक टेकको मोबाइल एप गूगल प्ले स्टोर र एप्पल एप स्टोरबाट डाउनलोड गर्नुस् ।
स्टेप १ः क्लासिक टेकले दिएको यूजरनेमर पासवर्डका साथमा लगइन गर्नुस्
स्टेप २ः रेफर ट्याबमा क्लिक गर्नुहोस्
स्टेप ३ः नयाँ पेज देखापर्नेछ । त्यसमा तपाईँले रेफर गर्न चाहेको तपाईँको साथिको बारेमा आवश्यक जानकारी हाल्नुहोस् ।
स्पेट ४ः फर्म भरिसकेपछि त्यहाँ रहेको सबमिटमा क्लिक गर्नुहोस् ।
स्टेप ५ः इन्स्टलेशन र कुल भुक्तानी सम्पन्न भएपछि तपाईँले इन्टरनेट र आईपिटिभीमा बोनस पाउनुहुनेछ ।

वि.सं.२०७७ असोज २६ सोमवार १६:४८ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...