काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनले ५० प्रतिशत बढी भाडा लिन नपाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले भाडादर बढाउने अघिल्लो निर्णयलाई परिमार्जन गरेको हो । यस अघि एक साइडमा एक जनामात्रै यात्रु राखेर सवारी चलाउँदा ५० प्रतिशत भाडा बढी लिन स्वीकृति दिइएको थियो ।
वि.सं.२०७७ असोज २७ मंगलवार १०:५८ मा प्रकाशित