back
NMB ad

युवाले शुरु गरे सामूहिक जटीबुटी खेती

Kumari bank ad

खलङ्गा । जुम्लाको सिँजा गाउँपालिका – ६ का युवाले सामूहिक जटीबुटी खेती गर्न थालेका छन् । सो वडाको माझखर्क जङ्गलका बीचमा उनीहरुले अत्तिस खेती गर्न थालेका हुन् ।

स्थानीयवासी लालबहादुर बुढाले गत वर्ष अत्तिसको बीउ बेचेरै रू. ६ लाख अम्दानी गरिएकामा यस वर्ष रू. १८ लाखसम्म आम्दानी हुने अनुमान गरिएको बताए । अत्तिसको बीउ प्रतिकिलो रू. ५० हजार र जरा रू. २ हजारमा विक्री हुने गरेको छ ।

पहिले भारतका गल्लीगल्लीमा घुम्ती व्यापारमा निस्कने ती युवा अहिले गाउँमै सामूहिक जटीबुटी खेतीलाई आम्दानीको स्रोत बनाइरहेका छन् । माझखर्क कृषि फर्म दर्ता गरेर अहिले चार हेक्टर जमीनमा जडीबुटी खेती गरिएकोे अर्का युवक नवीन बुढाले बताए ।

उनले भने, ‘लोप हुँदै गएका अत्तिस, अक्करकाँडा, सुमयो, सतुवा, गन्नइनो, पाँचऔंले, पदमचाल, बायाँजडीलगायत गरी २६ प्रजातिका जडीबुटी फर्ममा लगाएका छौं ।

सबैभन्दा बढी अत्तिसको बीउ माग भएको छ । पहिले नुन, तेल र खाद्यान्न कसरी जोहो गर्ने भन्ने पिरलो हुन्थ्यो, अहिले आम्दानीको स्रोत कसरी बढाउने भन्नेमै ध्यानकेन्द्रित हुने गरेको छ ।’

जुम्ला बहुमूल्य जडीबुटीको खानी भएकाले सो उद्योगको विकास गर्न सके मात्रै यहाँका नागरिकको जीवन सुधार हुने भएकाले यसमा ध्यान दिन स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई युवाले आग्रह गरेका छन् ।

पहिले काला पहाडमा दिनभरि भारी बोक्दा मुश्किलले दैनिक रू. ५०० कमाइ गर्ने युवाले गाउँमै बसी जडीबुटी खेती गर्न थालेपछि खुशी छाएको स्थानीयवासी मुनबहादुर बुढाले बताए ।

सो जडीबुटी फर्मका लागि गत आर्थिक वर्षमा सिँजा गाउँपालिकाले रू. १० लाखमा भवन निर्माण गरिदिएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले जानकारी दिए ।

वि.सं.२०७७ असोज २७ मंगलवार १३:४२ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...