back
NMB ad

६० लाख कित्ता आईपीओ निष्कासनको तयारीमा रहेको प्रभु लाइफको कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।

कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा गत असोज १४ गते निवेदन दिएको छ ।

कम्पनीले विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले गत आवको चौथो त्रैमासमा रू. ४ करोड ४४ लाख नाफा कमाएको थियो । यो नाफा अघिल्लो आवको तुलनामा १६ प्रतिशतले वृद्धि भएको हो ।

सो अवधिमा कम्पनीले रू. ३ करोड ८१ लाख नाफा कमाएको थियो । गत आवको चौथो त्रैमाससम्मा कम्पनीले जगेडा कोषमा रू. १४ करोड ८९ लाख छुट्याएको छ भने जीवन बीमा कोषमा रू. १ अर्ब ४ करोडभन्दा बढी जम्मा गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । ६० लाख कित्ता आईपीओ बाँडफाँट पछि कम्पनीको पूँजी रू. २ अर्ब पुग्नेछ ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि उक्त कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।

गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू.१ अर्ब १९ करोड बीमाशुल्क आर्जन गरेको छ भने कम्पनीको कुल कायम रहेको बीमालेख सँख्या ६७ हजार ९२ रहेको छ । हालसम्ममा कम्पनीले ९९ ओटा शाखा कार्यालयहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।

वि.सं.२०७७ असोज २७ मंगलवार १४:५२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...