काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ ।
देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १५ हजार ५७७ जनाको पिसिआर परीक्षण गरिएकोमा ३५५६ जनामा कोरोना पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ५०३ जना कोरोनालाई जितेर घर फर्किएको छन् । योसँगै घर फर्किनेको संख्या ७८ हजार ७८० पुगेको छ । हाल देशभर ३५ हजार ९१५ जना सक्रिय संक्रमित रहेका छन् । हाल ४ हजार ७९५ जना संक्रमित क्वारेन्टिनमा रहेका छन् ।
वि.सं.२०७७ असोज २७ मंगलवार १६:२४ मा प्रकाशित