back
NMB ad

युरोपमा कोरोना कहर : तीन साता लामो लकडाउन घोषणा, कर्फ्यु नै हुनसक्ने !

Kumari bank ad

एजेन्सी । चेक रिपब्लिकमा तीन साता लामो लकडाउन घोषणा भएको छ ।

नोभेम्बर ३ सम्म स्कूल, बार, रेस्टुरेन्ट र क्लबहरू बन्‍द रहनेछन्। त्यस्तै सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गर्नमा पनि रोक लगाइएको छ। युरोपमा कोभिड-१९ को संक्रमण बढेपछि नियन्त्रणका लागि प्रयास भइरहेको छ ।

त्यस क्षेत्रका देशहरूमध्ये प्रति एक लाख मानिसमध्ये सर्वाधिक संक्रमित दर चेक रिपब्लिकमा छन्। त्यहाँका विश्वविद्यालय पनि बन्द रहने र पढाई अनलाइनमार्फत् जारी रहने बताइएको छ। मास्क सार्वजनिक स्थल, यातायातमा अनिवार्य बनाइएको छ। समूहमा ६ जना भन्दा बढी मानिस जमघट हुन पाउँदैनन्।

चेक रिपब्लिकमा मार्चको सुरुवातदेखि १ हजार ५१ जना कोभिड-१९ संक्रमितको मृत्यु भइसकेको छ। युरोपीयन सेन्टर फर डिजिज प्रिभेन्सन एण्ड कन्ट्रोलका अनुसार पछिल्लो १४ दिनमा त्यहाँ ५५ हजार ५ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ।

युरोपका अन्य देशहरूमा अस्पताल भर्ना हुने संक्रमितहरूको संख्या बढ्दो छ। पेरिसको ९० प्रतिशत इन्टेन्सिभ केयर युनिट (आइसियू) अर्को साताको अन्त्यसम्ममा भरिने त्यहाँको सामुदायिक अस्पतालहरूको समूह एपीएचपीका प्रमुख मार्टिन हिर्स्चले बताए।

राष्ट्रपति इमान्युएल म्याक्रोनले बुधवार टिभीमार्फत् गर्ने सम्बोधनमा लकडान घोषणा गर्ने अनुमान गरिएको छ। हटस्पट बनेको पेरिसमा कर्फ्यु नै हुनसक्ने बीबीसीमा उल्लेख गरिएको छ।

यसअघि जर्मन चान्सलर एन्जेला मर्केलले युरोपमा महामारीले गम्भीर अवस्था सिर्जना गरेको बताएकी थिइन्। जर्मनीमा पछिल्लो १४ दिनमा ४२ हजार ३२ जनामा संक्रमण देखिएको छ। जहाँको जनसंख्या चेक रिपब्लिकमाभन्दा ८ गुणा बढी छ।

नेदरल्यान्ड्सले पनि ४ साताको लागि आंशिक लकडाउन घोषणा गरेको छ। बुधवारदेखि त्यहाँका बार, रेस्टुरेन्ट, क्याफे लगायत स्थल बन्द रहनेछ। टेक अवे सेवा भने जारी रहनेछ। मास्कलाई सार्वजनिक स्थलमा अनिवार्य बनाइएको छ। ’यो दुःखद निर्णय हो तर हामी अझै कडा प्रस्तुत हुनुपर्नेछ’, प्रधानमन्त्री मार्क रुट्टेले बताए।

त्यहाँका विद्यालयहरू भने खुला रहनेछन्। एक सातामै ४४ हजार मानिसमा संक्रमण देखिएपछि नेदरल्यान्ड्समा पनि ७५ प्रतिशत अन्य उपचार सेवा प्रभावित बन्ने चेतावनी दिएका छन्। मंगलवार मात्र त्यहाँ ७ हजार ४ सय संक्रमण पुष्टि भयो।

अस्ट्रियामा पर्यटकका लागि स्कि खुला गर्दा ६ हजार जनामा संक्रमण देखियो। हाल त्यहाँको स्थानीय मेयरको विरोध भइरहेको छ। संक्रमण बढेसँगै इटालीमा शैक्षिक भ्रमणहरू रद्द भएका छन्। पार्कहरूमा फुटबल खेल्न पनि प्रतिबन्ध लगाइएको छ। निजी भोजहरूमा पनि ६ जना मात्र सहभागी हुन पाउनेछन्।

त्यस्तै रसियामा मंगलवार मात्रै १४ हजार जनामा संक्रमण पुष्टि भयो। त्यस्तै २ सय ४४ जनाले ज्यान गुमाए। तर, त्यहाँ हालसम्म लकडाउनको योजना नबनेको बीबीसीमा उल्लेख छ।

वि.सं.२०७७ असोज २८ बुधवार ०७:४४ मा प्रकाशित

You can share this post!

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...