back
NMB ad

कात्तिक ४ गते सम्मका लागि कार्यालयहरु बन्द गर्ने निर्णय, यस्तो आयो विज्ञप्ति

Kumari bank ad

दाङ । दाङमा पछिल्लो समय कोरोना संकमणको दर तीव्र रुपमा समुदायस्तरमै फैलिरहेको छ ।

सरकारी कार्यालयमा बढी भिडभाड हुने भएकोले कार्यालयका कर्मचारीमा पनि दिनप्रति दिन कोरोना संक्रमण पुष्टि हुने गरेको छ । तुलसीपुरमा रहेको नापी कार्यालयका एक जना सर्वेक्षक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय एक हप्ता बन्द गरिएको छ ।

बुधबारदेखि कात्तिक ४ गते सम्मका लागि उक्त कार्यालय बन्द गरिएको कार्यालयका प्रमुख शरद आचार्यले बताउनुभयो । त्यस्तै जिल्ला समन्वय समिति दाङका एक कर्मचारीमा कोरोना देखिएको छ ।

कर्मचारीमा कोरोना देखिएपछि अतिआबश्यक बाहेकका सेवाहरु समेत बन्द गरिएको जिल्ला समन्वय अधिकारी सावित्रा पुन थापाले जानकारी दिनुभयो ।

जिल्लाका सरकारी कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि कार्यालय बन्द गर्ने गरिएको छ । जिल्लाका दर्जन सरकारी कार्यालयहरु अहिले कोरोनाकै कारण बन्द भएका छन् । त्यस्तै तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था एक हप्ताका लागि बन्द भएको छ ।

कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बुधबार देखि कार्तिक ४ गते सम्मका लागि बन्द गरिएको विज्ञप्ती जारी गरेको छ । साथै कार्यालयले नियमित पानी संचालन बाहेक अन्य कामकाज बन्द गरी सात दिनका लागि कार्यालय शिल गरिएको बताएको छ ।

वि.सं.२०७७ असोज २९ बिहीवार १३:१२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...