नयाँ अर्थमन्त्रीलाई शेयर बजारको सामान्य स्वागत : झिनो अंकले बढ्यो, १ अर्ब ४२ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम दिन आज नेप्सेमा सामान्य वृद्धि भएको छ । नेप्से आज १.२९ अंकले बढेको हो ।

एक अंकको सुधार आएको नेप्से परिसूचक एक हजार ५६२ अंकमा पुगेर बन्द भएको छ । उक्त दिन ४९ लाख ९४ हजार कित्ता सेयर किनबेच भइ एक अर्ब ४२ करोड रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले अर्थमन्त्रीको सपथ खाएको दिन नेप्सेमा सामान्य अंकको सुधार आएको हो । यसअघि परिसूचक हिजो बुधबार ७ र मंगलबार ९ अंकले घटेको थियो।

शेयर बजारका लागि फापेका अर्थमन्त्रिको रुपमा चिनिएका पौडेललाई बिहीवारको कारोबारले सकारात्मक रुपमा स्वागत गरेको देखिन्छ ।

२०७७ असोज २९ गते १५:३१ मा प्रकाशित

You can share this post!

सांग्रिला बैंकले १५ हजार ५९९ कित्ता शेयर विक्री गर्ने

सांग्रिला बैंकले १५ हजार ५९९ कित्ता शेयर विक्री गर्ने

Related posts