देशभर थप ३७४९ जनामा देखियो कोरोना : उपत्यकामा मात्रै १९३५, थप ३५३४ डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  योसंगै संक्रमित संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३६ हजार ५३३ कोरोनाका सक्रिय संक्रमित छन्।

यस्तै संस्थागत आइसोलेसनमा १२ हजार ३३९ जना रहेका छन् भने होम आइसोलेसनमा २४ हजार १९४ छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ८२५ जना रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १६ हजार ५९८ नमूनाको पीसीआर परीक्षण भएको छ । बिहीबार ३ हजार ५३४ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ ।

काठमाडौंमा १६ सय ९२, भक्तपुरमा १३४ र ललितपुरकामा १०८ गरी उपत्यकामा १९ सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा कोरोनाबाट ६९४ जनाको मृत्यु भएको छ । बिहीबार मात्रै १९ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

२०७७ असोज २९ गते १६:२० मा प्रकाशित

You can share this post!

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

Related posts