back
NMB ad

ग्रामीण महिलाको जीवन नै कृषि मजदुरी

Kumari bank ad

काठमाडौं । मकवानपुर राक्सिराङ गाउँकी सुनिता चेपाङ (नाम परिवर्तन) ले लहैलहैमा लागेर केही दिनअघि १३ वर्षको उमेरमै गाउँका एक किशोरसँग भागी बिहे गरिन् । यद्यपि नेपालको कानुनले छोरीको बिहे गर्ने उमेर २० वर्ष तोकेको छ।

बिहीबार अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस नेपालसहित विश्वभर मनाइँदै गर्दा चेपाङ जस्तै अनेकौँ समस्या झेल्ने ग्रामीण महिलाको समस्या समाधानबारे ध्यान दिनुपर्ने देखिन्छ। पूर्वसांसद गोविन्द चेपाङ चितवन, मकवानपुर, गोरखा, धादिङ लगायतका जिल्लामा छरिएका चेपाङ समुदायका महिला कलिलैमा बिहे गर्ने, सन्तान जन्माउने अनि पोषण नपुगेर आमा र शिशु दुवै कुपोषित हुने, बहुविवाहमा पर्ने क्रम अहिले पनि कायमै छ भन्छन् ।

उनी उमेर नपुगी विवाह भएकै कारण स्थानीय र प्रहरी मिलेर छुटाउनुप¥यो, यस्तो काम अहिले गर्नुहुन्न भन्ने चेतना पु¥याउन जरुरी छ भन्छन् ।

शिक्षाको ज्योति थोरै पुगे पनि के गर्नुहुन्छ र के गर्नुहुन्न भन्ने चेतना र आर्थिक उपार्जनका उपाय ग्रामीण क्षेत्रसम्म विस्तार भइनसकेकाले ग्रामीण महिला सकसमा पर्ने गरेको उहाँले बताउनुभयो। अछाम, जाजरकोट लगायतका सुदूर ग्रामीण भेगका महिला भने कुरीतिजन्य हिंसा र समस्याले ग्रसित छन्।

छाउपडी प्रथासँगै सानै उमेरमा बिहे गर्दा महिलाले आफ्नो र परिवारका बारेमा सोच्ने अवसरसमेत पाउन नसकेका कैयौँ उदाहरण रहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय महिला सशक्तीकरण महाशाखा प्रमुख रोशनी श्रेष्ठ बताउँछिन् ।

सन् २००७ मा संयुक्त राष्ट्रसङ्घको महासभाले निर्णय गरे अनुसार सन् २००८ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो।

राष्ट्रसङ्घका अनुसार विश्वको जनसङ्ख्याको एक तिहाइ हिस्सा ग्रामीण महिलाको रहेको छ। जसमा ४३ प्रतिशत ग्रामीण महिला कृषि मजदुरका रूपमा काम गर्छन्। नेपालमा २०६८ को जनगणना अनुसार झण्डै ५१ प्रतिशतभन्दा बढी महिला छन्। नेपालको कृषि कर्म पनि ६० प्रतिशतभन्दा बढी महिलाले नै धानेका छन्।

यसरी घर, परिवार, समाज र देशकै मुहार फेर्न तल्लीन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका विभिन्न नयाँ योजना कार्यान्वयनमा ल्याउन लागेको श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार ग्रामीण महिलाको पहुँच विस्तार गर्न विदेशबाट फर्किएका महिलालाई रोजगारमा जोड्ने विविध कार्यक्रम सञ्चालन भइरहेका छन्।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत जीविकोपार्जन सुधार कार्यक्रम, गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रम चलिरहेको छ। ग्रामीण महिलालाई उद्यममा जोडेर आत्मनिर्भर बनाउन जीविकोपार्जन सुधार कार्यक्रमले टेवा दिने विश्वास उहाँले व्यक्त गर्नुभयो। बहुआयामिक नमुना ग्राम बनाउने सोचमा मन्त्रालयले काम अगाडि बढाइसकेको छ।

त्यसै अनुसार सात प्रदेशकै सात स्थानीय तहमा त्यस्ता ग्राममा स्थानीय तहको भौतिक पूर्वाधार तथा सुविधा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गमैत्री हुनेछ।

अर्को सुधारात्मक कार्यक्रम अनुसार महिला उद्यमी बन्न चाहनेलाई अवसर र सीपको व्यवस्था गर्ने, महिलाले उत्पादन गरेका वस्तु बजारमा पु¥याउने व्यवस्थाको सही जानकारी दिन हातैमा मोबाइल एप बनाउने पहल मन्त्रालयले थालेको छ। देशभर छरिएका महिला उद्यमीको विवरण त्यस एपमा हुनेछ। गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेकी छन् ।

वि.सं.२०७७ असोज ३० शुक्रवार ०७:४८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...