बाँडफाँट भयो सानिमा जनरल इन्स्योरेन्सको आईपीओ, कतिले हात पारे ? कतिको खाली ?

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणका लागि जारी गरेको आईपीओ शुक्रवार बाँडफाँड गरेको छ ।

शेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा विहान भएको बाँडफाँडमा २ लाख ७३ हजार जना आवेदकले गोलाप्रथाबाट १० कित्ताको दरले शेयर हात पारेका छन् । ५ लाख ९० हजार ५८५ जना आवेदकको हात खालि भएको छ ।

कम्पनीको आईपीओमा ८ लाख ६६ हजार ९०५ जना आवेदकले १ करोड ८५ लाख ९१ हजार ५२० कित्ता खरीदको लागि आवेदन दिएका थिए । विक्री प्रबन्धकका अनुसार ३ हजार ३६० जनाको आवेदन भने रद्द भएको छ ।

२०७७ असोज ३० गते ०९:२३ मा प्रकाशित

You can share this post!

देशभरका पालिकालाई यस्तो आयो निर्देशन

देशभरका पालिकालाई यस्तो आयो निर्देशन

Related posts