काठमाडौं । प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर शुक्रवारदेखि लिलामीमा विक्री खुला भएको छ ।
कम्पनीले ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको हो । प्रतिकित्ता रू. १ हजार ९७५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
लिलामीमा शेयर खरीद गर्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले मात्र आवेदन गर्न पाउने छन् । लिलामीमा शेयरमा कात्तिक १४ गतेसम्म आवेदन गर्न सक्नेछन् ।
लगानीकर्ताले शेयर खरीदकोलागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता र अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन गर्न सक्नेछन् ।
लिलामी शेयर खरीदको लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड नक्साल र प्रिमियर इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयबाट आवेदन गर्नसक्ने छन् ।
वि.सं.२०७७ असोज ३० शुक्रवार १२:०१ मा प्रकाशित