back
NMB ad

महामारीका बीच खुसी साट्न आयो दसैं

Kumari bank ad

काठमाडौं । कोरोना भाइरसको महामारीका बीच नेपालीको महान् पर्व बडादसैं आज (शनिबार)बाट सुरु भएको छ ।

संकटका बीच पनि नेपालीहरू दसैंको आगमनसँगै खुसी साट्ने योजनामा जुटेका छन् । सुरक्षाका विधि तथा मापदण्ड अपनाएर दसैं मनाउन सरकारले सम्पूर्ण नेपालीलाई आग्रह गर्दै आइरहेको छ ।

धर्मशास्त्रीले सुरक्षा विधि अपनाएर खुसी साट्दै चाडपर्व मनाउने तथा खुसी र उमंगसँगै मनोबल बढाउन सकिएमा कोरोनाविरुद्धको लडाइँमा सहजता आउन सक्ने बताएका छन् ।

यसपालिको दसैंमा कोभिड–१९ विरुद्ध लड्न सक्ने आत्मबल पैदा होस् भन्ने कामनासहित पूजाआजा गर्नुपर्ने धर्मशास्त्रविद् प्राडा. रामचन्द्र गौतमले बताए ।

कोरोनाविरुद्ध लड्न आत्मबल बढाउने विश्वास

शुद्ध आश्विन दुर्गा शुक्ल पक्ष प्रतिपदाका दिन बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेसँगै दसैं सुरु हुनेछ । दसैंमा हुने जमघट र भेटघाटलाई प्राथमिकता नदिए पनि घरघरमा दुर्गा भवानीको पूजाआजा गर्न भने कुनै समस्या नभएको संस्कृतिविद्देखि जनस्वास्थ्यविद्सम्मले सुझाव दिएका छन् ।

धर्मशास्त्रविद् गौतमले राजधानीसँग भने, ‘पूर्ण रूपमा सुरक्षा विधि अपनाएर परस्परमा खुसी साटासाट गरेर चाड मनाउँदा आत्मबल पनि बढ्न सक्छ , कोरोनासँग लड्ने सबैभन्दा ठूलो औषधि नै आत्मबल हो ।’

नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाका लागि शनिबार बिहान ११ बजेर ४६ मिनेटमा शुभसाइत तोकेको छ । ‘साइत खोज्नेले बिहान ११ बजेर ४६ मिनेटको समयमा जमरा राखेर घटस्थापना गर्नु राम्रो हुन्छ,’ समितिका अध्यक्ष समेत रहेका प्राडा. गौतमले भने ।

उनका अनुसार घटस्थापना गरिएको कलशको मुखमा नवदुर्गालाई आह्वान गरी नौ रात १० दिनसम्म विधिपूर्वक पूजा आराधना एवं दुर्गा सप्तशती चण्डी, देवीभागवत, देवी स्तोत्रलगायत देवीको महिमागान गाइएका श्लोक वाचन एवं पाठ गरिन्छ ।

देशभरका शक्तिपीठमा दर्शन गर्न मिल्ने या नमिल्ने अन्योल नै छ । यद्यपि, कुनै कुनै मन्दिरमा घटस्थापनाकै दिनदेखि विशेष रूपमा भक्तजनको भीड लाग्ने भए पनि संक्रमण बढ्दै गएकाले भौतिक दुरी कायम गरी दर्शन गर्नुपर्ने अवस्था छ । राजधानी दैनिकमा नवीन लुइँटेलले खबर लेखेका छन् ।

प्रतिपदाको दिन पूजाकोठा, दसंैघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ । कतै कतै भने ब्रम्हाको पनि थापना गरिन्छ ।

घटस्थापनाका दिन पूजाकोठामा घैंटो अथवा घडामा जल भरी माथिपट्टि आँप, चाप, वरपिपलको पात राख्ने परम्परा छ । यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ । कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँबाट ल्याइएको चोखो बालुवा या माटोमा जौ छरिन्छ ।

बिहानै उठेर नुहाइधुवाइ गरी चोखो भएर पूजाकोठामा बालुवा अथवा चोखो माटो राखी जौ र मकैको बिउ उमार्ने गरिन्छ ।

त्यही नजिकै थालीमाथि सुनको प्रतिमा राखी नवदुर्गा थाप्दै १० दिनसम्म पूजा गर्ने गरिन्छ । कहीँकहीँ मकै र गहुँको प्रयोग भए पनि अधिकांश स्थानमा जौ छर्ने प्रचलन छ ।

जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्न जमरा उमार्ने गरिएको अध्यक्ष डा. गौतमले बताए ।

यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा लगाउने गरिन्छ । विभिन्न नौ देवीको पूजा अर्चनापश्चात् दशमीका दिन त्यहाँबाट जमरा निकालिन्छ भने पूर्ण कलशको जलको अभिषेक पनि लिने चलन छ । यसरी लिइएको जलले आयु बढ्ने र राम्रो स्वास्थ्य हुने जनविश्वास छ ।

नौ दिनसम्म महाकाली, महादुर्गा र महाभवानीको आराधना र पूजाअर्चना गरी विजयादशमीका दिन टीका र जमराको प्रसाद ठूलाबडा र पुरोहितबाट ग्रहण गरिन्छ । घटस्थापनाका दिन थापिएको नवदुर्गा, घडा तथा जमरामा नौ दिन पूजाआजा गरी जल, अर्ध पञ्चामृत चढाउने गरिन्छ ।

दसैंको पहिलो दिन अर्थात् घटस्थापनाका दिन शैलपुत्री देवीको पूजा गरिन्छ । शैलपुत्रीलाई हिमालय पर्वतकी पुत्री पार्वतीका रूपमा लिने गरिएको छ । घटस्थापनाका दिन घरघरमा जौ मकै विधिवत रूपमा रोपेर माझमा थापिएको कलशमा शैलपुत्रीको पूजा अर्चना गरिने चलन छ ।

यसैगरी, घटस्थापनादेखि नवरात्रभरि दुर्गा सप्तसधी र चण्डी पाठ गर्ने चलन छ । सप्तमी, अष्टमी र नवमीका दिन जमरा राखेको स्थानमा बलि दिई हात हतियार र निसानको पूजा गरिन्छ ।
बक्समा

शुभ साइत तर ज्येष्ठ नागरिक जोखिममा

नेपाल पञ्चांग निर्णायक समितिले यसपालि १० कात्तिकमा पर्ने विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा रहेको जनाएको छ ।

मान्यजनको हातबाट देवीको प्रसाद ग्रहणका लागि शुभसाइत तोकिए पनि सर्वसाधारणका लागि विजयादशमीको दिनभर नै उत्तम भएकाले जुनसुकै बेला टीका प्रसाद ग्रहण गर्दा पनि शुभ हुने समितिका अध्यक्ष प्राडा. रामचन्द्र गौतमले बताए ।

यसपालि कोरोना महामारीका कारण ज्येष्ठ नागरिकको हातबाट टीका लगाउन जाँदा उनीहरु जोखिममा पर्ने भन्दै सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् ।

नवरात्रमा पूजा गरिने नौ देवीहरु

बडादसैंका बेला नवदुर्गाको पूजा गरिन्छ । नौ दिनमा हरेक दिन छुट्टाछुट्टै देवीको पूजा अर्चना गर्ने चलन छ । विभिन्न दानवमाथि देवीले विजय प्राप्त गरेको खुसियालीमा दसैं मनाउने गरिएको किंवदन्ती छ । विशेषगरी दुर्गा भवानीको नौरूप (शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री)को पूजा गरिने भएकाले यो चाड दुर्गापूजाका नामले पनि प्रचलित छ ।

दसैंको पहिलो दिन अर्थात् घटस्थापनाका दिन शैलपुत्री देवीको पूजा गरिन्छ । शैलपुत्रीलाई हिमालय पर्वतकी पुत्री पार्वतीका रूपमा लिने गरिएको छ । घटस्थापनाका दिन घरघरमा जौ मकै विधिवत रूपमा रोपेर माझमा थापिएको कलशमा शैलपुत्रीको पूजाअर्चना गरि ने चलन छ ।

यसैगरी दोस्रो दिन ब्रम्चारिणीको पूजा गरिन्छ भने तेस्रो दिन पुजिने देवी चन्द्रघण्टा हुन् । यस्तै, चौथो दिन देवी कुष्माण्डको, पाँचौं दिन कुमार कार्तिकेयकी माता स्कन्दमाताको पूजा गरिन्छ ।

छैटांै दिन कात्यायनीको पूजा गरिन्छ भने सातौं दिन कालरात्रि देवीको पूजा गरिन्छ । कालो वर्ण भएकी कालरात्रि देवीको वाहन गधा हो भने देवीले क्रोधमा आगो निकाल्छिन् ।

चार हात भएकी देवीको चारै हातमा तरवार, मसाल र वरमुद्रा लिएकी हुन्छिन् । फूलपातीका दिन पुजिने देवी यिनै हुन् । यसैगरी, अष्टमीका दिन देवी महागौरीको पूजा गरिन्छ । विजयादशमीको अघिल्लो दिन सिद्धिदात्री देवीको विशेष पूजा गर्ने चलन छ ।

वि.सं.२०७७ कात्तिक १ शनिवार ०८:१७ मा प्रकाशित

You can share this post!

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकोे १०औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकोे १०औँ वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८० चैत १६ शुक्रवार २१:०१

काठमाडौं । नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई)...

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

वि.सं.२०८० चैत १६ शुक्रवार २०:५३

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले यस पटक पनि अन्तर्राष्ट्रिय...

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

काठमाडौं ।नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च...

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...