back
NMB ad

नेपाल–भारत उडान अनिश्चित

Kumari bank ad

काठमाडौं । कात्तिक १ गतेबाट नेपाल–भारत उडान सुरु गर्ने भनिए पनि अझै टुंगो लाग्न सकेको छैन।

कोरोना महामारीबीच गत चैत ११ गतेबाट बन्द रहेको नेपाल–भारत उडान सञ्चालन गर्न गत साता नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईबीच छलफल भएको थियो ।

त्यसपछि कात्तिक १ गतेबाट नै उडान सुरु गर्ने तयारी भइरहेको भए पनि मन्त्रिपरिषद् बैठकले स्वीकृति नदिएसम्म उडान पुनः सञ्चालन नहुने देखिन्छ ।

कोरोना महामारीबीच गत भदौ १६ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको हो। नियमित अन्तर्राष्ट्रिय उडान खुले पनि साबिकको समयमा नेपाल उडान भर्दै आएका सबै विमान कम्पनीले आफ्नो नियमित सेवा सुरु गरेका छैनन् ।

कुल ३० वायुसेवा कम्पनीले नेपाल उडान भर्दै आएकोमा हाल १२ कम्पनीले मात्र नेपाल उडान भर्दै आएका छन् । नेपाल सरकारले सार्वजनिक गरेको स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गर्दै दैनिक करिब आठ सय यात्रु ल्याउन पाउने गरी अन्तर्राष्ट्रिय उडान सञ्चालन भइरहेको छ।

कोरोना महामारी बढी भएको र कोरोना जाँच सहज नभएका गन्तव्यमा नेपाल सरकारले उडान अनुमति दिएको छैन। यसैबीच छिमेकी मुलुक भारतले नेपाल उडानका लागि अनुमति मागेको हो। भारततर्फको नियमित उडान सञ्चालन भइनसकेको भए पनि चार्टर्ड उडान भने हुँदै आएका छन्।

नेपाल–भारत उडान सञ्चालन गर्न दुवै पक्ष सकारात्मक भए पनि सरकारले उडान अनुमति नदिएसम्म उडान हुन नसक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

वि.सं.२०७७ कात्तिक १ शनिवार ०८:२१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...