back
NMB ad

नेपाल भोकमरीको सूचीमा ७३औं स्थानमा

Kumari bank ad

काठमाडौं । विश्वमा भोकमरी हुने देशमध्ये नेपाल ७३औं स्थानमा रहेको छ ।

 

भोकमरी मापनमा आधारित विश्वव्यापी भोकमरी सूचकांक २०१९ का अनुसार नेपाल विश्वका ११७ देशमध्ये भोकमरीको ७३औं स्थानमा पुगेको हो ।

सरकारकै एक प्रतिवेदनअनुसार नेपालमा करिब २० लाख जनसंख्या खाद्य असुरक्षित अवस्थामा रहेका छन् । कोभिड–१९ महामारीका कारण नेपालमा भोकमरी र खाद्य असुरक्षाको अवस्था झन् बढ्ने अनुमान गरिएको छ ।

एफएओका अनुसार हाल विश्वमा करिब २ अर्बभन्दा बढी जनसंख्याका लागि सुरक्षित, पौष्टिक र पर्याप्त खानाको पहुँच पुगेको छैन । यो तथ्यांक सन् २०५० सम्ममा बढेर १० अर्ब पुग्न सक्ने अनुमान गरिएको छ ।

यस परिवेशमा खाद्य असुरक्षा र भोकमरी मुलुकका लागि ठूलो चुनौतीका रूपमा रहेको सरकारी अधिकारीले बताएका छन् । सरकारले विश्वव्यापी रूपमा खाद्य तथा पोषण सुरक्षाको महत्वबारे जनचेतना जगाउन र खाद्य संकट तथा भोकमरीको चपेटामा परेकाहरुलाई त्यस परिवेशबाट मुक्त दिलाउन विश्वव्यापी पहल र ऐक्यबद्धताका लागि आह्वान गरेको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले भोकमरीको अवस्था अन्त्य गरी खाद्य सुरक्षा कायम गर्र्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार दृढ अठोटका साथ अघि बढिरहेको बताए ।

मन्त्री भुसालले १० वर्षमा कृषि उत्पादन दोब्बर गर्ने गरी उत्पादकत्व अभिवृद्धिका कार्यक्रम ल्याइएको दाबी गरे । मन्त्री भुसालले ‘संरक्षित कृषि, सुनिश्चित बचत’को अवधारणामा आधारित रही सहुलियत मूल्यमा मल, बिउ, नश्ल, सिँचाइ, बिजुली जस्ता उत्पादनका आधारभूत साधन स्रोत सबैको पहुँचमा पु¥याउने अभिप्रायका साथ सरकार क्रियाशील रहेको जनाए । राजधानी दैनिकमा खबर छ ।

वि.सं.२०७७ कात्तिक १ शनिवार ०८:२३ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...