back
NMB ad

सम्पत्ति विवरण नबुुझाउनेमा पदाधिकारी र कर्मचारी अग्रपङ्क्तिमा

Kumari bank ad

काठमाडौं । हरेक आर्थिक वर्षको सुरुमा अघिल्लो आर्थिक वर्षको सम्पत्ति विवरण बुझाउने कानुनी व्यवस्था भए पनि सम्पत्ति विवरण नबुझाउनेमा सङ्घीय सरकारका पदाधिकारी र कर्मचारी अग्रपङ्क्तिमा देखिएका छन् ।

 

भ्रष्टाचार निवारण ऐनमा हरेक आर्थिक वर्षमा सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ । आर्थिक वर्ष २०७५/७६ मा सम्पत्ति विवरण नबुझाउने सङ्घीय सरकारका पदाधिकारी तथा कर्मचारीको सङ्ख्या सबैभन्दा बढी १२ हजार १३३ अर्थात् २८.४३ प्रतिशत छ । चार लाख २१ हजार ९६१ जना पदाधिकारी र कर्मचारीले भने सम्पत्ति विवरण बुझाएका छन् ।

भ्रष्टाचारविरुद्ध जनचेतना जगाउने र भ्रष्टाचारजन्य कार्यलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने उद्देश्यले प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रहने गरी स्थापना भएको राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक गरेको गत वर्षको वार्षिक विवरणमा सो कुरा उल्लेख छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार केन्द्रका सचिव डा ऋषिराम शर्माले १८औँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७६/७७) पेस गरेका छन् । तिवेदनमा प्रदेश अन्तर्गतका पदाधिकारी तथा कर्मचारीमध्ये ५५४ जनाले सम्पत्ति विवरण बुझाएनन् भने तीन हजार ७७८ जनाले बुझाएको पाइएको छ ।

यसैगरी स्थानीय तहका पदाधिकारी तथा कर्मचारीमध्ये चार हजार ४९८ जनाले विवरण बुझाएनन् भने एक लाख ६३ हजार ७८६ जनाले बुझाएको जानकारी केन्द्रका उपसचिव हरिप्रसाद शर्माले दिए ।

यसबीचमा केन्द्रमा तीन तहको सरकार तथा अन्य निकायबाट समेत गरी छ लाख छ हजार ७१० जनाले सम्पत्ति विवरण बुझाएका छन् । सम्पत्ति विवरण नबुझाउने १७ हजार १८५ जनालाई जनही पाँच हजार रुपियाँ जरिवाना गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनै तहका सरकारलाई पत्राचारसमेत गरिसकेको छ ।

केन्द्रले सम्पत्ति विवरण नबुझाउने पदाधिकारी तथा कर्मचारीको विवरण आवश्यक कारबाहीका लागि अख्तियारमा पठाएको थियो । केन्द्रले आर्थिक वर्ष २०७५/७६ को सम्पत्ति विवरण नबुझाउनेको सङ्ख्या १७ हजार १८५ अर्थात् दुई दशमलव ८१ प्रतिशतमा झरेको जनाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

वि.सं.२०७७ कात्तिक १ शनिवार ०८:२६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...