‘प्रहरी दिवसकै दिन एक प्रहरीले दिन चार लाख घुस खाए’

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले ४ लाख घुससहित इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत हवल्दार शिवचन्द्र सहानीलाई पक्राउ गरेको छ।

हिरासतमा रहेका व्यक्तिलाई धरौटीमा छुटाउन सहयोग गरेवापत उनले घुस लिएको बताइएको छ । देशभर प्रहरी दिवस मनाइरहँदा उनलाई शुक्रबार दिउँसो अख्तियारले समाएको हो ।

रुपन्देहीको सियारी–७ स्थित खनाल मिठाई पसलबाट हवल्दार सहानी र उनकी श्रीमती निर्मला केवटलाई अख्तियारले नियन्त्रणमा लिएको अख्तियार बुटवलले जनाएको छ ।

पक्राउ परेकामाथि थप अनुसनधान भइरहेको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । अन्नपूर्णबाट

२०७७ कार्तिक १ गते ०८:३२ मा प्रकाशित

You can share this post!

कर्मचारीलाई एक वर्षसम्म बेतलबी बिदा !

कर्मचारीलाई एक वर्षसम्म बेतलबी बिदा !

Related posts