माछापुच्छ्रे बैंकको २२ औं वार्षिक साधारण सभा स्थगित

काठमाडौं । माछापुच्छ्रे बैंकको साधारणसभा स्थगित भएको छ । शुक्रबार बसेको बैंक संचालक समिति बैठकले २२ औं बार्षिक साधारणसभा स्थगितको निर्णय गरेको हो ।

कोरोना भाइरस महामारी बढेको र चाडपर्वको कारण सेयरधनीलाई साधारणसभामा भाग लिन कठिनाई हुने भएपछि स्थगित गरेको बैंकले जनाएको छ । बैंकल आउँदो ६ गते बिहीबार पोखरामा साधारणसभा गर्न मिति तय गरेको थियो ।

बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट चुक्तापुँजीका ३.३७ प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव सभामा पेश गर्ने तयारी थियो ।

२०७७ कार्तिक १ गते १४:२६ मा प्रकाशित

You can share this post!

४५० मेवा क्षमताको किमाथाङ्का अरुणको काम अघि बढ्यो

४५० मेवा क्षमताको किमाथाङ्का अरुणको काम अघि बढ्यो

Related posts