प्रशासनले जारी गर्यो निषेधाज्ञा : भोलिदेखि सम्पूर्ण सेवाहरु बन्द गरिने, आवतजावतमा पूर्ण रोक !

दार्चुला । जिल्ला सदरमुकाम खलंगामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

महाकाली नगरपालिका ४ र ५ मा कन्ट्याक्ट ट्रेसिङ गरिएका ३९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले निषेधाज्ञा लगाएको हो ।

महाकाली नगरपालिकाका ४ र ५ मा संक्रमित बढ्दै गएकोले संक्रमणको जोखिम समुदायमा थप फैलिन नदिन जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नगरपालिका ४ को सम्पूर्ण क्षेत्र र वडा नं. ५ को गल्फै, ऐरान, तल्लासैन र मोहती क्षेत्रमा निषेधाज्ञा जारी गरेको जनाएको छ ।

बिहीबार रातिदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि निषेधाज्ञा लागू गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी ज्वोत्स्ना भट्ट जोशीले बताइन् ।

यो अवधिमा आवतजावतमा पनि पूर्ण रोक लगाइएको छ । निषेधाज्ञा अवधिभर अस्पताल, औषधि पसललगायत अन्य स्वास्थ्यसम्बन्धी निकाय र सुरक्षा निकायबाहेक अन्य कार्यालयहरुबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु कात्तिक २ गतेदेखि बन्द गरिने बताइएको छ ।

२०७७ कार्तिक १ गते २१:०१ मा प्रकाशित

You can share this post!

गरिबी निवारणका लागि माग र रुचीमा आधारित उद्यमशिलता तालिम दिइनेछ : मन्त्री अर्याल

गरिबी निवारणका लागि माग र रुचीमा आधारित उद्यमशिलता तालिम दिइनेछ : मन्त्री अर्याल

Related posts