back
NMB ad

सगरमाथाको उचाइ नेपाल र चीनले एकैपटक सार्वजनिक गर्ने

Kumari bank ad

काठमाडौं । नेपाल र चीन दुवैले एकै पटक सगरमाथाको उचाइसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने भएका छन्।

दुवै देशले छुट्टाछुट्टै साधन र स्रोत प्रयोग गरी सगरमाथाको उचाइ मापन पूरा गरेका छन्। दुवै देशले एकै पटक आ–आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने तयारी भएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ।

नेपालसँगको समन्वय र सहमतिमा चीन सरकारले छुट्टै सगरमाथाको उचाइ मापन गरेको मन्त्रालयले जनाएको हो। नेपालले सगरमाथा मापनको काम अन्तिम चरणमा पु(याएको बेला चीनले पनि उत्तरी मोहडाबाट मापन सुरु गरेको थियो।

भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले नेपाल र चीन दुवै देशले एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गर्ने तयारी भएको बताउँदै यसका लागि चीन सरकारसँग पत्राचार भइरहेको बताइन्। ‘पहिले नै संयुक्त रूपमा सगरमाथाको उचाइ सार्वजनिक गर्ने सहमति भएको थियो।

कसरी गर्ने, कस्तो कार्यक्रम गर्ने भन्नेबारे पत्राचार भइरहेको छ,’ उनले भनिन्। मन्त्रालयका अनुसार सगरमाथाको उचाइ एकै पटक सार्वजनिक गर्न विभिन्न मोडेलमा छलफल भइरहेको छ। यसका लागि परराष्ट्र मन्त्रालयले समन्वय गरिरहेको स्रोतको भनाइ छ। नापी विभागले सगरमाथाको उचाइ मापनको टुंगो लगाएको छ। उक्त प्रतिवेदन हाल भूमि व्यवस्था मन्त्रालयमा पुगेको छ।

करिब २ वर्षअघि विभागले सगरमाथाको मापन सुरु गरेको थियो। यसका लागि सुशील डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो। सचिवालयले गत असारमै रिपोर्ट तयार गरेको थियो। सगरमाथा मापन टोलीले ग्लोबल न्याभिकेसन स्याटेलाइट सिस्टम ९जिएनएसएस० प्रविधिबाट सगरमाथा मापन गरेको हो जुन अत्याधुनिक प्रविधि मानिन्छ।

सगरमाथाको मापन गर्न नापीका दुईजना कर्मचारी खिमलाल गौतम र रविन कार्की मेसिन बोकेर २३ मे २०१९ मा सगरमाथाको चुचुरोसम्मै पुगेका थिए। उनीहरू चुचुरोमा १ घण्टा १६ मिनेट बसेका थिए।

२०७५ चैत २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीनिवास बालुबटारमा टोली प्रस्थान गर्नुअघि मापनमा जाने टोलीलाई बिदा गरेका थिए। ४ जनाको टोलीमध्ये गौतम र कार्की चुचुरोमै पुगेका थिए भने सुरजसिंह भण्डारी र युवराज धिताल आधार शिविरसम्म पुगेका थिए।

करिब २ वर्षअघि नापी विभागले सगरमाथाको मापन सुरु गरेको थियो। यसका लागि सुशील डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो। सचिवालयले गत असारमै रिपोर्ट तयार पारेको थियो।

सगरमाथाको उचाइ मापनपछि करिब ६ महिनासम्म विभागका कर्मचारीले डाटा प्रोेसेसिङ गरेका थिए। डाटा प्रोसेसिङलगायत सगरमाथाको उचाइसम्बन्धी प्राविधिक रूपमा सबै काम हाल पूरा भएको मन्त्रालयका प्रवक्ता जनक जोशीले बताए।

उचाइ कहिले सार्वजनिक गर्ने विषयमा मिति तय नभएको पनि उनले सुनाए। मन्त्रालय स्रोतका अनुसार दसैंलगत्तै रिपोर्ट सार्वजनिक गर्ने तयारी भएको आजको नागरिक दैनिकमा खवर छ ।

वि.सं.२०७७ कात्तिक २ आइतवार ०९:२७ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...