१ लाखभन्दा बढी कित्ता शेयर विक्री गर्दै कुमारी बैंक

काठमाडौं । कुमारी बैंकले १ लाख १ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

 

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीले सर्वप्रथम बैंकका संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने भएकाले खरीद गर्न इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशन गरेको मितिले ३५ दिनभित्र आवेदन दिन भनेको छ ।

इच्छुक संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरेर कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल अथवा कम्पनीको रजिष्टर्ड कार्यालयमा आइपुग्ने गरी निवेदन दिन पनि कम्पनीले भनेको छ ।

शेयरको विक्री मूल्य विक्रेताले तोके बमोजिम हुनेछ । ३५ दिनभित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिर शेयर विक्रीको प्रक्रिया बढाउने कम्पनीले बताएको छ ।

२०७७ कार्तिक २ गते ११:४५ मा प्रकाशित

You can share this post!

बसपार्कमा छैनन् यात्रु

बसपार्कमा छैनन् यात्रु

Related posts