back
NMB ad

अब अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने, भर्खरै आयो यस्तो निर्णय !

Kumari bank ad

झापा । कोरोनाको संक्रमण बढेपछि झापाका दुई वटा स्थानीय तहले अत्यावश्यक सेवाबाहेक सबै सेवा कात्तिक ६ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

दसैंको मुखमा भीडभाड बढ्न सक्ने भन्दै बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाले सबै सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।

विद्युत्, खानेपान, टेलिफोन महसुल लगायतका सेवा समेत बन्द गर्ने तथा चाडपर्वमा भेला, महोत्सव, जात्रा, हाटबजार, सांस्कृतिक कार्यक्रमजस्ता भीडभाड हुने सबै कार्य बन्द गर्न पनि स्थानीय तहले आग्रह गरेका छन् ।

बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले बजारमा हुन सक्ने भीडभाडलाई व्यवस्थित गर्दै सरकारद्वारा तोकिएको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरीएको बताउनुभयो ।

अर्जुनधारा नगरपालिकाले पनि समुदायका ३२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि शंकर अस्पतालसहित नगरपालिकाको कामकाज अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको हो ।

वि.सं.२०७७ कात्तिक २ आइतवार १२:३३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...