back
NMB ad

सिरहामा विद्युत् चुहावट १० प्रतिशतले वृद्धि

Kumari bank ad

सिरहा । कोरोना सङ्क्रमणका कारण चुहावट नियन्त्रण अभियान सञ्चालन नहुँदा सिरहाको लहान क्षेत्रमा आर्थिक वर्ष २०७६/७७ मा विद्युत् चुहावट करिब १० प्रतिशतले बढेको छ ।

विगतका वर्षमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन हुँदा करिब २७ प्रतिशतमा झरेको चुहावट यस वर्ष ३६ दशमलव २५ प्रतिशतमा पुगेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा विद्युत् चुहावट अभियान सञ्चालन हुदाँ विद्युत् चुहावट २७ दशमलव २९ प्रतिशतमा झरेको थियो ।

सरकारले गत चैत महिनादेखि गरेको लकडाउन र फैलिँदो कोरोना सङ्क्रमणको सन्त्रासका कारण चुहावट नियन्त्रणका लागि गाउँगाउँमा टोली पठाउन नसकेका कारण चुहावट बढेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख ई धीरेन्द्रकुमार यादवले जानकारी दिए ।

यस्तै आर्थिक वर्ष २०७६/७७ मा विद्युत्को महसुल नबुझाउने एक हजार ४२४ ग्राहकको विद्युत् लाइन काट्दा रु तीन करोड २९ लाख ८४ हजार ४८२ बाँकी बक्यौता रकम असुली भएको जनाएको छ ।

आव २०७५/७६ मा विद्युत्को महसुल नबुझाउने ४४९ ग्राहकको विद्युत लाइन काट्दा रु एक करोड ९२ लाख १२ हजार ९२५ बाँकी बक्यौता रकम असुली भएको थियो ।

लामो समयदेखि विद्युत् महसुल नबुझाउने २७७ ग्राहकलाई कालोसूचीमा राखिएको र त्यस्ता ग्राहकको क्रमशः लाइन काटिने प्रमुख यादवको भनाइ छ । कालोसूचीमा रहेका ग्राहकबाट रु ६० लाख आठ हजार ४३८ बक्यौता उठाउन बाँकी रहेको जनाएको छ ।

त्यस्तै विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले सो अवधिमा हुकिङ गरी विद्युत् चुहावट गर्ने ३६ जनालाई पक्राउ गरी जरिवानावापत रु १७ लाख ८४ हजार ८६३ राजश्व सङ्कलन भएको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका इञ्जीनियर रामजी साहले बताए ।

सो क्रममा २२० थान विद्युत् मोटरसमेत बरामद गरिएको प्रमुख यादवले बताए। कूल ५८ हजार ८८४ ग्राहकबाट विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले आव २०७६/७७ मा विद्युत् महसुल ९४ दशमलव ८२ प्रतिशत अर्थात् रु ३३ करोड ६६ लाख १६ हजार ४४० सङ्कलन गरेको इञ्जीनियर साहले बताए ।

वि.सं.२०७७ कात्तिक २ आइतवार १२:३८ मा प्रकाशित

You can share this post!

विद्युत् खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो–२०२४’ सुरु   

विद्युत् खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो–२०२४’ सुरु   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:१८

काठमाडौँ, १२ वैशाख : काठमाडौँ–विद्युतीय सवारी (इभी) र्यालीसँगै हिमालयन हाइड्रो...

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...