काठमाडौं । निर्माणधीन २१.४ मेगावाट क्षमताको न्यादीफिदी जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिकामा निर्माण हुने उक्त जलविद्युत् आयोजना बनाउन चारवटा बैंकले लगानी गर्ने भएका हुन्।
माछापुच्छ्रे बैंकको अगुवाइमा बैंक अफ काठमाडौं, सानिमा र सिभिल बैंकले ऋण लगानी गर्ने सम्झौता भएको प्रवद्र्धक नर्थ समिट हाइड्रो प्रालिले जनाएको छ ।
४ अर्ब ११ करोड लगानी लाग्ने अनुमान गरिएको आयोजथनामा निर्माण कार्य तीन वर्षभित्र सम्पन्न हुनेछ ।
वि.सं.२०७७ कात्तिक २ आइतवार १४:०९ मा प्रकाशित