काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन भएको छ । कम्पनीको २० लाख ५२ हजार ८६४ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन भएको हो ।
कम्पनीको कात्तिक २ गतेको निर्णय अनुसार उक्त शेयर सर्वसाधारण समुहमा अभिलेख गरी कारोबार योग्य भएको कम्पनीले बताएको छ ।अव कम्पनीको शेयर संरचना संस्थापक समुहतर्फ ६० प्रतिशत र सर्वसाधारण समुहतर्फ ४० प्रतिशत (६० : ४०) भएको छ ।
वि.सं.२०७७ कात्तिक २ आइतवार १४:५८ मा प्रकाशित