back
NMB ad

देशव्यापी कर्फ्यू घोषणा !

Kumari bank ad

स्लोभानिया । कोरोनाभाइरसको महामारी फैलिदै गएपछि त्यसलाई नियन्त्रण गर्न भन्दै स्लोभानियामा देशव्यापी कर्फ्यू घोषणा गरिएको छ ।देशव्यापी कर्फ्यू रातिमा मात्रै लागु हुने र मङ्लबारदेखि शुरु हुने अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

युरोपेली मुलक स्लोभानियामा पछिल्लो समय कोरोनाभाइरसको महामारी अत्यन्त नराम्रोसँग फैलिएको समाचारमा जनाइएको छ । हरेक बेलुका नौ बजेदेखि विहान ६ बजेसम्म कर्फ्यू लागु हुने भएको छ भने ६ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाइएने भएको छ ।

त्यसैगरी कतै हिडडुल गर्नु परेमा पनि पर्याप्त र अत्यावश्यकता ठहरिने कारण देखाउनु पर्ने व्यवस्था गरिएको छ। स्लोभानियामा सरकारले पनि औपचारिक रुपमा देशमा कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको छ।

देशमा सोमबार मात्रै ५३७ जनाका कोरोनाभाइरसको नयाँ संक्रमण पुष्टि भएको छ। कुल दुई हजार ६३७ जनाको कोरोना परीक्षण गर्दा त्यति जनामा कोरोनाभाइरसको संक्रमण भएको देखिएको हो।महामारी फैलिन शुरु भएदेखि स्लोभानियामा अहिले पहिलो पटक कर्फ्यू लागु गर्ने घोषणा गरिएको हो ।

वि.सं.२०७७ कात्तिक ३ सोमवार २१:०१ मा प्रकाशित

You can share this post!

आजदेखि झुलाघाट नाका बन्द   

आजदेखि झुलाघाट नाका बन्द   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४६

बैतडी, ४ वैशाखः भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि...

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४०

काठमाडौँ, ४ वैशाख : काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि...

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी   

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:१५

तनहुँ, ४ वैशाखः सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ...

प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द   

प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:०६

शिकागो (अमेरिका), ४ वैशाख : प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले सोमबार अमेरिकी...

सिभिल मलमा खुल्यो ‘चिया अड्डा’को छैटौं आउटलेट 

सिभिल मलमा खुल्यो ‘चिया अड्डा’को छैटौं आउटलेट 

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:५७

काठमाडौं ।  व्यवसायिक भेटघाट र युवापुस्ता गफिने लोकप्रिय चिया-चेन ‘चिया...

भ्रष्टाचार अभियोगमा तत्कालीन कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर   

भ्रष्टाचार अभियोगमा तत्कालीन कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:४७

काठमाडौँ, ४ वैशाखः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय...