back
NMB ad

महाकाली करिडोर जोड्न सडक निर्माण गरिँदै

Kumari bank ad

कञ्चनपुर । भीमदत्त नगरपालिकाको गड्डाचौकीबाट ब्रह्मदेव महाकाली करिडोरलाई जोड्न सडक निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ । गड्डाचौकीबाट जिमुवा हुँदै तुमडानी भएर ब्रह्मदेव करिडोरसम्म सडक निर्माण गर्न लागिएको हो ।

करिडोर जोड्ने ११ किलोमिटर सडक निर्माणका लागि चालु आवमा रु तीन करोड ७० लाख बजेट विनियोजन गरिएको छ । सडक डिभिजन कार्यालयले ठेक्का गरी सडक निर्माणको काम अघि बढाउन लागेको हो ।

सडकको गत वर्ष डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गरी सर्भे गरिएको थियो । स्थानीयवासीको सहमतिका आधारमा ब्रह्मदेवसम्म महाकाली करिडोर र दोधारा चाँदनीको सुक्खा बन्दरगाहसम्मको छ लेन सडकसम्म जोड्ने गरी १० मिटर चौडा सडक निर्माण हुने भएको छ ।

सडक डिभिजन कार्यालयका प्रमुख सुनिलकुमार कर्णले स्थानीयवासीको सहमतिमा सडक निर्माणको काम अघि बढ्ने बताए । “सडक निर्माणका लागि लागत अनुमान तयार गरी अघि बढ्छो । अहिलेको बजेटबाट कतिसम्म हुन्छ, त्यसमै काम गर्छौँ”, डिभिजन प्रमुख कर्णले भने, “लागत तयारी गरी ठेक्का गरेर यस वर्ष सडकको ट्र्याक खोल्ने काम हुन्छ ।”

भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले सीमा क्षेत्रमा बस्दै आएका स्थानीयवासीको माग र आवश्यकताका आधारमा गड्डाचौकी सडक निर्माणलाई प्राथमिकता दिइएको बताए । “सीमा क्षेत्रमा बस्ने जनताको दुःखकष्ट छन् । गत वर्ष किनार भएर सडक लैजान खोजिएको थियो”, उनले भने, “बजेट पनि थियो, भारतले अवरोध गरेपछि काम हुन पाएन । यस वर्ष सडक बनाउन थालिएको छ, यसमा सबैको साथ र सहयोग हुने आशा छ ।”

दोधारा चाँदनीको सुक्खा बन्दरगाह र महाकाली करिडोरलाई जोड्ने गरी सडक निर्माण गरिने भएकाले पछि राष्ट्रिय राजमार्गको रूपमा विकास गरिने उनको भनाइ छ । महेन्द्रनगर–ब्रह्मदेव लिङ्करोडले ब्रह्मदेव जोडिएको छ, गड्डाचौकी भएर महेन्द्रनगर हुँदै ब्रह्मदेव पनि जान सकिने गरी त्यो सडक निर्माण हुने भएको छ ।

वि.सं.२०७७ कात्तिक १९ बुधवार १०:३६ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...