युनाइटेड इदी मर्दी एण्ड आरबि हाईड्रोपावरको साधारण शेयरको बाँडफाँट

काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका निमित्त निष्कासन गरेको साधारण शेयरको कात्तिक १७ गते बाँडफाँट गरेको छ ।

कम्पनीले कास्कीको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ४ लाख २० हजार कित्ता साधारण शेयर असोज ७ गते देखि कात्तिक ६ गतेसम्म निष्कासन गरेको शेयर बाँडफाँट गरेको हो ।

४ लाख २० हजार कित्तामध्ये १ लाख ७६ हजार ९० कित्ता साधारण शेयर बाँडफाँट गरेको कम्पनीले बताएको छ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

२०७७ कार्तिक १९ गते १०:५६ मा प्रकाशित

You can share this post!

‘छोरी स्मार्ट’ योजना : २० वर्षसम्म खातामा रकम जम्मा गरिदिने

‘छोरी स्मार्ट’ योजना : २० वर्षसम्म खातामा रकम जम्मा गरिदिने

Related posts