back
NMB ad

राष्ट्रिय सहकारी बैंकद्वारा सुदुरपश्चिम प्रदेशका दुई सहकारी पुरस्कृत

Kumari bank ad

बागलुङ । राष्ट्रिय सहकारी बैंकले सदुरपश्चिम प्रदेशका २ वटा सहकारीहरुलाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने सहकारी संस्थाहरुलाई बुधवार एक कार्यक्रमका बीच पुरस्कृत गरिएको हो ।

बैंकको धनगढी शाखामा उत्कृष्ट कारोबार गर्ने मेघा बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढी कैलाली नियमित कारोबार गर्ने दिपज्योती महिला विकास कृषक सहकारी संस्था लिमिटेड महेन्द्रनगर कञ्चनपुरलाई पुरस्कृत गरिएको हो । मेघा साकोसका सञ्चालक कान्तुराम पनेरु र प्रमुख कार्यकारी अधिकृत सुनिल सेटी तथा दीपज्योती महिला सहकारीका अध्यक्ष जोधनी देवी चौधरी र व्यवस्थापक गुरुप्रसाद थारुलाई बैंकका सञ्चालक तथा सुदुरपश्चिम प्रदेश संयोजक शिवा थापाले सम्मानपत्र सहित पुरस्कृत गर्नु भएको थियो ।

सहकारी बैंकले केन्द्रीय स्तर, प्रदेश स्तर र शाखा स्तरमा उत्कृष्ट कारोबार गर्ने संस्थाहरुलाई पुरस्कृत गर्दै आएको छ । १६ औ वार्षिक साधारणसभामा शाखास्तरीय पुरस्कारका लागि छनोट भएका संस्थालाई कोरोना संक्रमणका कारण ढिला पुरस्कृत गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष भूपेन्द्र थापा, बहुउद्देश्यीय सहकारी संघ कञ्चनपुरका अध्यक्ष प्रेमसिंह भाट, बचत तथा ऋण सहकारी संघ कैलालीका कोषाध्यक्ष शैलेन्द्र श्रेष्ठ लगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन बैंकको धनगढी शाखाका प्रमुख कृष्ण रावलले गर्नु भएको थियो ।

सुदुरपश्चिम प्रदेशको एकमात्र शाखाका रुपमा रहेको धनगढी शाखामा ३ सय सहकारी संस्था सदस्य रहेका छन् । सदस्य संस्थाहरुको ६१ करोड निक्षेप र ५० करोड कर्जा लगानीमा रहेको शाखा प्रमुख रावलले जानकारी दिनुभयो । राष्ट्रिय सहकारी बैंकलाई नेपाल राष्ट्र बैंकले थप २४ वटा शाखा सञ्चालनका लागि अनुमति दिएको छ । सुदुरपश्चिम प्रदेश अन्तरगत कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा सञ्चालनका तयारी अन्तिम चरणमा पुगेको बैंकका सञ्चालक थापाले जानकारी दिनुभयो । नयाँ शाखा सञ्चालन पछि सुदुरपश्चिम प्रदेशमा बैंकका २ वटा शाखा सञ्चालन हुनेछन् ।

वि.सं.२०७७ कात्तिक २६ बुधवार १९:५१ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...