उपाध्यक्ष कडेलद्वारा राष्ट्रिय गौरवको परियोजना फास्ट ट्रयाकको अनुगमन, तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलले राष्ट्रिय गौरवको परियोजना काठमाडौं (निजगढ) तराई मधेश द्रुत मार्ग अनुगमन तथा निरिक्षण भ्रमण गर्नुभएको छ ।

निर्माणका क्रममा स्थानीय स्तरमा उत्पन्न समस्या र समाधानको उपायबारे अध्ययन गर्न र हालसम्मको कामको प्रगति विवरण बुझ्न उपाध्यक्ष कडेल सहित प्रधानमन्त्रीका विकास तथा पूर्वाधार विज्ञ सल्लाहकार गजेन्द्र थपलिया, राष्ट्रिय योजना आयोगका सहसचिव द्वय डा. बासुदेव शर्मा र किशोर जोशी, नेपाली सेनाका ब्रिगेडियर जनरल विकास पोखरेल समेतको टोलीले खोकनादेखी मक्खुबेशीसम्म स्थलगत भ्रमण गरेको हो ।

एशियाली मापदण्डको द्रुत मार्ग तोकिएकै समयमा सम्पन्न गर्न आवश्यक पर्ने स्रोतको सुनिस्चितता गर्न सरकार प्रतिबद्ध रहेको र उत्पन्न समस्याको छिटो निराकरण भई तिब्र गतिमा काम अघि बढाई समयमै सम्पन्न गर्न निर्माण व्यवसायी र नेपाली सेनालाई उपाध्यक्ष कडेलले निर्देशन समेत दिनुभएको छ ।

You can share this post!

नेपाल टेलिकमले ल्यायो यस्तो फेस्टिभल अफर !

नेपाल टेलिकमले ल्यायो यस्तो फेस्टिभल अफर !

Related posts