काठमाडौं । प्रभु बैंक लिमिटेडले नवलपुर (नवलपरासी पुर्व) जिल्लाका देवचुली नगरपालिका वडा नं. १५ स्थित प्रगतिनगरमा आफ्नो २११ औं शाखासञ्चालनमा ल्याएको छ ।
शाखा सञ्जाल विस्तार गर्ने क्रम नवलपरासी जिल्लामा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको हो ।
प्रभु बैंकको प्रगतिनगर शाखाबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
वि.सं.२०७७ मंसिर ७ आइतवार १०:०८ मा प्रकाशित