back
NMB ad

अधिकांश पुर्व अध्यक्षहरुको आग्रह : यसपाली प्रधान अर्कोपटक ढकाल

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका लागी बर्तमान अध्यक्ष भवानी राणाले सहमतिका लागी सोमवार गरेको प्रयास असफल भएपछि महासंघका पुर्व अध्यक्षहरु सहमति नभए पछि लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचनमा जानु पर्नेमा जोड दिएका छन् ।

बिवादित छवी भएका पुर्व अध्यक्ष चण्डी ढकालको भरोसामा चुनाव लडेका चन्द्ध ढकालले अधिकांस पुर्व अध्यक्ष र बर्तमान कार्यसमितीको साथ पाउन सकेनन् । बर्तमान अध्यक्ष भवानी राणा, भावी अध्यक्ष शेखर गोल्छा, निर्वतनमान अध्यक्ष पशुपति मुरारका, पुर्व अध्यक्ष कुसकुमार जोशी, बिनोद बहादुर श्रेष्ठ, , प्रदिपकुमार श्रेष्ठ, महेशलाल प्रधान, पधम ज्योति मात्र होइन अन्तिमसम्म सहमतिको प्रयास गरेका रविभक्त श्रेष्ठ, सुरज बैध, आन्तदराज मुल्मीले समेत भावी अध्यक्ष शेखर गोल्छाको समुहबाट बरिष्ठ उपाध्यक्षका उम्मेदवार रहेका किशोर प्रधानको पक्षमा मत जाहेर गरेका छन् । किशोर प्रधान र चन्द्र ढकाल दुवै जना महासंघका लागि चाहिने ब्यक्ति हुनुुहुन्छ ।

कोभीड महामारीका बेला सहमतिबाट सर्वसम्मत नेतृत्व चयन गरेको भए निकै राम्रो सन्देश जाने थियो तर त्यो सम्भावना सकिएपछि लोकतान्त्रिक बिधिबाट चुनावमा जादा यसपाली किशोर प्रधानलाई निर्वाचित गराउन निर्वतमान अध्यक्ष पशुपति मुरारकाले आग्रह गनुभयो । अर्कोपटक हामी चन्द्र ढकाल जीलाई पनि बरिष्ठ उपाध्यक्षमा मत जाहेर गर्न आग्रह गछौं मुरारकाले भने । त्यस्तै मत छ अर्का पुर्व अध्यक्ष कुशकुमार जोशीको पनि यो लडाई खासमा महासंघलाई कमाइ खाने पेशा बनाउनेका बिरुद्धमा हो । अघिल्लो पटक सेखर जीसंग चुनाव हारे पछि महासंघबाट बिदा हुनु भएका किशोर जीलाई तपाई बिना महासंघ चलायमान भएन प्रमोद श्रेष्ठको उपाध्यक्ष पदमा आइदिनुस् अर्को पटक बरिष्ठ उपाध्यक्ष तपाई नै हो भनेर पद बाड्ने मानिस अहिले आएर आफनो स्वार्थ अनुकुल महासंघलाई राजनीतिकरण गर्न मिल्छ ? जोशीले प्रश्न गरे ।

बर्तमान अध्यक्ष भवानी राणा र भावी अध्यक्ष सेखर गोल्छाले किशोर प्रधान र चन्द्र ढकाल दुवै जना निकै क्षमतावान र महासंघको गरिमा उच्च राख्ने ब्यक्ति हुदाँ हुदै पनि महासंघको सुदृढीकरण र सुद्धीकरणका लागि यसपाली किशोर दाई अर्को पटक चन्द्र ढकाल भन्नुपर्ने अवस्था आएको बताए । यो चुनाव किशोर दाईले जित्ने बित्तिकै महासंघमा आगो बालेर दुधको साक्षी बिरालो बन्ने अनि चुनावको नाममा भाई फुटे गवार लुटेका तालमा स्वार्थ अनुकुल महासंघ चलाउन खोज्नेको पतन हुने बताए । हाम्रो लागी र महासंघको उज्जवल भविश्यका लागि यो आवश्यक भएको उनले बताए ।
पुर्व अध्यक्षहरु महेशलाल प्रधान, प्रदिपकुमार श्रेष्ठ, बिनोद बहादुर श्रेष्ठ, रविभक्त श्रेष्ठ लगायतका पुर्व अध्यक्षहरुले समेत निर्वाचन नै हुने अवस्थामा महासंघ बलियो बनाउन सेखर गोल्छाले काम गर्नका लागि छानेको टिम नै महासंघको टिम हुने बताए । बरिष्ठ उपाध्यक्षमा किशोर प्रधान जी आए पनि चन्द्र ढकाल पनि चेम्वर आन्दोलनमै रहने गरी बातावरण निमार्णका लागि पहल गर्ने पुर्व अध्यक्षहरुको भनाई छ ।

किशोर प्रधानलाई प्रदेश नं १, २, बागमती प्रदेश, लुम्विनी प्रदेश र सुदुर पश्चिम प्रदेशका अधिंकास जिल्लानगरका जिल्ला अध्यक्षको समर्थन छ भने कणार्लीमा दुवैको राम्रो रहेको बताइन्छ । गण्डकी प्रदेशमा भने चन्द्र ढकालको पक्षमा माहोल देखिन्छ । अधिकासं जिल्ला नगरका अध्यक्षहरु मङ्सीर १३ गतेबाट स्वतह अध्यक्ष बन्ने सेखर गोल्छाको पक्षमा देखिएपछि किशोर प्रधान बरिष्ठ उपाध्यक्षमा आउने पक्कापक्की जस्तै छ । अन्य उपाध्यक्ष पदहरुमध्ये एसोसियट्समा सौरभ ज्योति अघि छन् भने जिल्ला नगर र बस्तुगतमा कडा प्रतिस्पर्धा रहेको महासंघ सदस्यहरु बताउन् । बरिष्ठ उपाध्यक्षमा किशोर प्रधानलाई जिताउनका लागि महासंघका बर्तमान अध्यक्ष, भावी अध्यक्ष, निर्वतनमान र पुर्व अध्यक्षहरुले भिडियो सन्देशमार्फत आग्रह गरिरहेका छन् ।

वि.सं.२०७७ मंसिर ९ मंगलवार १७:१३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...