back
NMB ad

मेरो उम्मेदवारी निजी क्षेत्रले राज्यबाट अभिभावकत्व पाउनका लागि हो : चन्द्र ढकाल – अन्तरवार्ता

Kumari bank ad

मुलुकका निजी व्यावसायीहरुको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावलाई लिएर यतिखेर सिङ्गो व्यावसायिक क्षेत्र तरङ्गित छ । यही मङ्सिर ११ गतेबाट शुरुभई १३ गते महासंघको आगामी कार्याकालका लागि निर्वाचन हुने भएको छ । यस चुनावमा वरिष्ठ उपाध्यमा चन्द्रप्रसाद ढकाल उम्मेदवार हुनुहुन्छ । यसै सेरोफेरोमा रहेर वरिष्ठ उपाध्यक्षका दाबेदार चन्द्रप्रसाद ढकालका चुनावी एजेण्डा र उहाँको विचारसँग केन्द्रित रहेर ढकालसँग गरिएको कुराकानीको केही अंशः

यहाँ हाल महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवार हुनुहुन्छ । हाल उपाध्यक्ष रहेका यहाँले महासंघमा १० वर्ष विताउँदासम्म के काम गर्नुभयो ?

मेरो मान्यता त म आफैले के गरेँ भनेर आफ्नो बारेमा भन्ने होइन भन्ने नै हो । मेरो कामको मूल्यांकन मेरा अग्रजहरुबाट पनि भएकै छ । म कार्यकारिणी समिति सदस्यमा पहिलो पटक आउँदा अध्यक्ष रहनुभएका आदरणीय सुरज वैद्यदेखि आजसम्म मैले संस्थाको लागि के दिन सकेँ र मुलुकको उद्योग व्यवसाय क्षेत्रका साथीहरुले मेरो भूमिकालाई कसरी मूल्यांकन गर्नुभएको छ भन्ने नै मेरो संस्थागत सम्पत्ति हो । त्यो नै वास्तावमा मेरो उपलब्धि हो । मलाई लाग्छ मलाई संस्थाले दिएको उपलब्धि अब्बल दर्जामा रहेर पूरा गर्न सकेँ भन्ने छ । यहाँ रहँदा १० वर्षसम्म गरेको कार्यलाई अहिले नै पूरै स्मरण गर्न त नसकौँला तर जस्तो कि पछिल्लो एक उदाहरण रोजगारदाता परिषदको सभापतिका रूपमा न्यूनतम पारिश्रमिक विवादको समाधानलाई पनि लिन सकिन्छ । लकडाउन अवधिको तलबमान निर्धारणका विषयमा म आफू नै सो परिषदको सभापति भएकोले एफएनसिसिआइको प्रतिनिधित्व गर्नुपर्दथ्यो, गरेँ । सरकार र मजदुर साथीहरुका प्रतिनिधिहरुसँग बसेर नेगोसिएसन गर्नुपर्ने थियो र गरियो । यहाँलाई पनि थाहौ छ कि यसमा सरकारको निर्णयभन्दा एक कदम अगाडि सरेर मजदुर प्रतिनिधिलाई ५० प्रतिशत तलबमा सहमत गराउने काम मेरै समन्वयबाट भएको हो, जुनकुरा मिडियामा आइनै सकेको छ । यसरी यसलाई सिङ्गो निजी क्षेत्रको नेतृत्व गर्न पाएको अवसरका रुपमा पनि मैले लिएको छु ।

त्यसैगरी दुर्गमका जिल्लानगरदेखि अन्तर्राष्ट्रिय मञ्चहरुमा समेत महासंघको उपस्थितिका लागि अहोरात्र खटेको छु । हामीलाई अर्थात व्यवसाय क्षेत्रलाई नीति निर्माणका तहमा निजी क्षेत्रका आवाज मुखरित गरेकै छु । महासङ्घको प्रादेशिक संरचनाअनुसार स्थापना भएको प्रदेश उद्योग वाणिज्य सङ्घको पूर्वाधारको व्यवस्थालगायत जिल्ला नगरका हरेक इस्यु र जिल्लाका साथीहरुका गुनासाहरुलाई सुल्झाउने प्रयास गरेको छु । यी सबै कामको साक्षी महासङ्घका साथीहरु हुनुहुन्छ । त्यसैले मैले आफ्नो बारेमा आफैले केही नभनौँ भन्ने लागेको हो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा तपाईंको उम्मेदवारी किन ? यहाँले आफ्नो उम्मेदवारीलाई कसरी पुष्टि गर्नुहुन्छ ?

यहाँलाई विदितै छ कि निजी क्षेत्र देशको समृद्धिको यात्राको दरिलो खम्बा हो । तर त्यही निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षाअनुसार सम्मान पाउन भने सकेको छैन । जुन बेला मुलुकको निजी क्षेत्रलाई आवश्यक परेको छ, अभिभावक चाहिएको हुन्छ त्यस बेला भने अभिभावकको भूमिका प्राप्त गर्न सकेको छैन भन्ने हाम्रा कतिपय अनुभवहरु छन् । नेपाल उद्योग वाणिज्य महासंघ नेपालको समग्र उद्योग व्यवसायीहरुको प्रतिनिधित्व गर्ने आधा शताब्दिभन्दा लामो गौरवपूर्ण इतिहास बोकेको छाता संस्था हो । हो, मेरो उम्मेदवारी देशको यो क्षेत्रले त्यो सम्मान पाउन सक्ने अवस्था दिलाउनका लागि हो, राज्यबाट अभिभावकत्व पाउनका लागि हो । यसका लागि हामीले संघर्ष र सम्वाद दुवै गर्नुपर्ने हुनसक्छ । तर म चाहिँ सम्बादमा बढी विश्वास गर्छु । आज लडाइँ होइन संवाद गरेर हाम्रा हक खोज्नुपर्छ । हिजो हामीले पाएको सम्मानमा आज ह्रास आएको छ । हामीले त्यो हाम्रो सम्मान फिर्ता ल्याउनुपर्छ । त्यसका लागि म र हाम्रो टिमले सशक्त रुपमा काम गर्नेछ । निजी क्षेत्रलाई राज्यले बोलीमा त देशको विकास र समृद्धिको स्टेकहोल्डर ठानेको छ, त्यसलाई व्यवहारमै आत्मसात गर्न सक्ने बनाउनुपर्छ । त्यसैले पनि हामी महासंघको नेतृत्वमा पुग्नुपर्ने अवस्था छ । यसका साथै कोरोनाले थलिएको निजी क्षेत्र र देशको अर्थतन्त्र माथि उकास्न पनि सक्षम र सबल नेतृत्व चाहिन्छ र यसैका लागि हामी महासंघ नेतृत्वका लागि अघि बढेका हौँ ।


निजी क्षेत्र आर्थिक विकास र रोजगारी सिर्जनाको पनि एक सशक्त इन्जिन हो । यो इन्जिनलाई सञ्चालनमा ल्याउन, कामयवी बनाउन र यसबाट बढीभन्दा बढी लाम लिनसक्ने बनाउन निजी क्षेत्रको सक्रिय सहभागिता आवशयक छ । मैले यही महसुश गरेर नै राज्य र निजी क्षेत्रबीच नै हातेमालो हुनु आवश्यक छ भनेको हो । हामीले औद्योगिक र व्यापारिक वातावरण बनाउन अझै थुप्रै काम गर्न बाँकी छ । ती के काम हुन् भनेर हामीले पहिचान गरिसकेका पनि छौँ । एजेन्डाका रूपमा अगाडि बढाएका पनि छौँ । हामी नेतृत्वमा आउनासाथ ती क्षेत्रमा काम थाल्नेछौँ । यसले सिङ्गो निजी क्षेत्रप्रतिको धारणा बदल्नेगरी काम गर्ने हाम्रो प्रयास रहनेछ । यसैले नै हामीले समृद्धिको आधार नै राज्य र निजी क्षेत्रको साझेदारी भनेर हाम्रो मूल नारा तय गरेका हौँ ।

अर्काे कुरा म महासंघमा द्विराष्ट्रिय र एसोसिएटबाटै प्रतिनिधित्व गरेको भए पनि जिल्लानगरका साथीभाइसँग सबैभन्दा बढी भिजेको छु । यहाँले देखि नै रहनुभएको छ कि म अहिले पनि ताप्लेजुङदेखि दार्चुलासम्मका सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघका साथीहरुलाई सम्बन्धित जिल्लामै गएर भेट्ने महासंघको म नै एक पदाधिकारी हुँ भन्दा मलाई गर्व लाग्छ । यसैले मैले हामी नेतृत्वमा आएपछि घरेलु नवीकरणका लागि उद्योग वाणिज्य संघको सिफारिस चाहिने कुरालाई उठाउने छौँ भन्ने कुरा जिल्ला नगरका साथीहरुलाई म विश्वास दिलाउन चाहन्छु ।

नगरपालिकाको व्यावसायिक करमा उद्योग वाणिज्य संघलाई सहभागि गराउन पहल गर्ने र निम्न आय भएका उद्योग वाणिज्य संघलाई कम्तीमा वार्षिक पाँच लाख रूपैयाँको आम्दानीको स्रोत जुटाउनका लागि मोडल बनाउने काम हामीले गर्नेछौँ । हामीले पहिले पनि भनेका छौँ कि गाउँ गाउँमा उद्यमशीलताको विकासका लागि अरु पहलहरुका अतिरिक्त एक गाउँ एक उत्पादन जस्ता कार्यक्रमलाई फेरि लागू गर्ने विषय पनि हाम्रो प्राथमिकतामा छ । त्यसैगरी जिल्ला नगरका समस्या समाधान गर्न महासंघसँग सीधै जोडिने गरी संयन्त्र बनाउने योजना अगाडि सारेका छौँ ।

यी र यस्ता अनेकन समस्या छन् हाम्रा । यसमाथि पछिल्लो समयमा फेरि कोरोना महामारीले समग्र मुलुककै उद्योग र व्यवसाय क्षेत्रलाई नै सबैभन्दा बढी मारमा पारेको छ । हामीले इतिहासमै यसअघि कहिल्यै नभोगेको र नसोचेको क्षतिको अवस्था भोग्न बाध्य भएका छौँ । मैले यी विचारहरु यहाँसँग राखिरहँदा पनि हामी यो महामारीको चपेटामै छौँ । अझै पनि यो महामारीले कुन रूप लिने हो भन्ने कुराको स्पष्टता कतै आएको अवस्था छैन । यसकारण पनि यो जटिल चुनौतीसँग जुध्नका लागि महासंघमा दरिलो नेतृत्वको खाँचो महसुस भएको हो । यही सङ्कटसँग जुध्नका लागि हाम्रो उद्योग व्यवसाय क्षेत्रमा हामी मुलुकका सबै व्यवसायी साथीहरुलाई बलियो काँध चाहिएकोले उहाँहरुले मलाई अघि सार्नुभएको हो । त्यसैले म नेतृत्वमा पुगेपछि मुलुकका यी समग्र समस्याहरुको समाधानका लागि लागिपर्ने प्रतिबद्धता पनि यहाँ व्यक्त गर्न चाहन्छु ।


निर्वाचनमा तपाईंको टिमले विजय हासिल गर्ने ‘स्ट्रेन्थ’ के हो ?

हाम्रो टिमको कुरा गर्नुहुन्छ भने यो नेपालको उद्योग व्यवसायको क्षेत्रको अनुभवले खारिएको टीम छ । म लगायत उहाँहरु सबैमा वास्तवमा यो क्षेत्रका लागि र यसमार्फत मुलुकका लागि केही गरौँ भन्ने उत्साह छ । युवा जोशदेखि दशकौँ लामो व्यावसायिक तथा चेम्बर आन्दोलनको अनुभवले भरिपूर्ण टिम हाम्रो मात्र छ । व्यवसायिक होस कि भौगोलिक या अरु नै हिसाबले किन नहोस हाम्रो टिम बढी समावेशी छ र यसले व्यावसायिक र क्षेत्रगत सन्तुलन पनि समेटेको छ । उत्पादनमूलक, सेवा, व्यापार, जलविद्युत्, कृषि, पर्यटन, साना–मझौलालगायत सबैखाले व्यवसायको सुनिश्चित प्रतिनिधित्व हाम्रो टिममा छ । यसैले हाम्रो टिमले देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्यान, नयाँ नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यावसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न र व्यावसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लबिङ या पोलिसी डायलग गर्न पनि यो टिम सक्षम र सशक्त छ । हाम्रो मान्यता पनि के हो भने महासंघमा रियल स्टेकहोल्डरले मात्र नेतृत्व गर्नुपर्छ भन्ने हो । जस्तो हेरौँ न हाम्रो टिममा सानो व्यवसायदेखि ठूलो कर्पाेरेट लेवलमा व्यवसाय गरेकाहरुको प्रतिनिधित्व छ । जस्तो कि राज्यले दिने सिआइपी सम्मान पाउने नै हामी चारजना पदाधिकारीका उम्मेदवारमध्ये दुई जना नै छौँ । यो पनि हामीले चुनाव जित्ने धेरैमध्येको एक आधार हो ।


हाल कोरोना महामारीले देशको उद्योग व्यवसाय संकटमा परेको छ । यस्तो बेलामा मुलुकको समग्र व्यवसाय क्षेत्रलाई नै पुनस्र्थापनाका लागि यहाँ र यहाँको टिमले के कस्तो पहल गर्नुहुन्छ ?

हो यतिखेर महामारीले देश नै आक्रान्त छ भने मलाई लाग्छ उद्योग र व्यवसाय क्षेत्र सबैभन्दा बढी मारमा छ । हामीले मलाई लाग्छ इतिहासमै यसअघि कहिल्यै नआएको र नसोचेको क्षतिको अवस्था भोग्न बाध्य भएका छौँ । अझै पनि यो महामारीले कुन रूप लिने हो स्पष्ट भएको छैन । त्यही कारण यो सङ्कटसँग जुध्न पनि हामीलाई बलियो र सशक्त नेतृत्व चाहिएको हो । वास्तवमा कुनै पनि क्षेत्रका लागि यस्तै संकटकै बेलामा बलियो नेतृत्व चाहिने हो । हामीले बेला बेलामा भन्ने गर्छौँ नि नेतृत्व भनेको संकटको सारथि हो भनेर । हो, हामीले त्यही सारथिको काम गर्ने जिम्मेवारीमा जाँदैछौँ । म आफूले त यो संकटको सारथि नै भएर काम गर्छु भन्ने मेरो यसैले प्रकृतिले थपिदिएको यो चुनौतीसँग जुधेर देशको समग्र निजी क्षेत्रको मनोबल उँचो पार्ने काममा दरिलो आत्मविश्वासका साथ हामी लाग्नुपर्ने अवस्था छ र नेतृत्वमा पुगेपछि मेरो प्रयास पनि यसैमा केन्द्रित रहनेछ । यहाँले भन्नुभएजस्तै पछिल्लो समयमा महामारीले पनि हामीमाथि अकल्पनीय चुनौती थपिदिएकोले त्यसको ट्याकल गरी देशको उद्योग व्यवसाय क्षेत्रलाई राहात प्रदान गर्न र अहिलेको अवस्थालाई माथि उठाउन पनि हामीसँग कार्ययोजनाहरु छन् । हामीले ‘एफएनसिसिआई भिजन २०२५’ को मस्यौदा बनाएर सार्वजनिक पनि गरेका छौँ, हामी त्यसैमार्फत अघि बढ्छौँ । त्यसमा कारोना महामारीका कारण देशको उद्योग व्यवसायका क्षेत्रमा सिर्जित समस्याको समाधानका प्रसस्त कार्यक्रमहरु छन् ।

वि.सं.२०७७ मंसिर १० बुधवार १६:१३ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कति बढ्यो ?

सर्वोत्तम सिमेन्टको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कति बढ्यो ?

वि.सं.२०८० चैत ६ मंगलवार ११:३९

काठमाडौं । कारोबार भएको पहिलो दिन नै सर्वोत्तम सिमेन्टको सेयरमा...

चालीस करोडको राजस्व छली, ७९ करोड मागदाबीसहित मुद्दा   

चालीस करोडको राजस्व छली, ७९ करोड मागदाबीसहित मुद्दा   

वि.सं.२०८० चैत ६ मंगलवार ११:३२

काठमाडौँ, ६ चैत : राजस्व अनुसन्धान विभागले भन्सार छली गरी...

दुर्घटनाका घाइतेको उपचारको गर्न सरकारलाई अध्यक्ष ओलीको आग्रह   

दुर्घटनाका घाइतेको उपचारको गर्न सरकारलाई अध्यक्ष ओलीको आग्रह   

वि.सं.२०८० चैत ६ मंगलवार ११:२६

काठमाडौँ, ६ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा...

एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत   

एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत   

वि.सं.२०८० चैत ६ मंगलवार ११:२१

महेन्द्रनगर (कञ्चनपुर), ६ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ...

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० चैत ६ मंगलवार ११:१५

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ ।...

सर्वोत्तम सिमेन्टको पहिलो सेयर कारोबार सुरु, कतिमा भयो ?

सर्वोत्तम सिमेन्टको पहिलो सेयर कारोबार सुरु, कतिमा भयो ?

वि.सं.२०८० चैत ६ मंगलवार ११:०७

काठमाडौं । बुक विल्डिङ विधिमार्फत आइपीओ निष्कासन गरेको सर्वोत्तम सिमेन्टको...