back
NMB ad

वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्छौं : अर्थमन्त्री पौडेल

Kumari bank ad

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड(१९ को प्रभाव न्यूनीकरणलाई केन्द्रित गरी वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिएर काम गर्ने बताउनु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले गुनासाहरु आएकाले आफूले अवरोधहरु पन्छाएर बजेट र मौद्रित नीतिमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयनमा तत्परता लिएको बताउनु भयो ।

निजी क्षेत्रबारे सरकारको दृष्टकोणमा कुनै दुविधा नराख्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्रप्रति सरकारको सकारात्मक धारणा रहेको र मिलेर काम गर्न तत्पर रहेको बताउनुभयो । ‘रोगजारी, उत्पादन र आर्थिक वृद्धिमा निजी क्षेत्रको महत्ववपूर्ण भूमिका छ भन्ने सरकारले महसुस गरेको छ ।त्यसका लागि सहकार्य हुन्छ । निजी क्षेत्रलाई हत्तोसाहित तुल्लाएर र मनोबल गिराएर सार्थक उपलब्धी हासिल हुन सक्दैनु’ उहाँले भन्नुभयो ।

कुनै पनि कुरा निजी क्षेत्रलाई इम्पोज नगर्ने भन्दै अर्थमन्त्री पौडेलले सल्लाह र सुझाव लिँदै निजी क्षेत्रको सहभागितामा नीति निर्माण गर्ने जानकारी दिनुभयो । उहाँले भन्नभयो ‘निरन्तर संवाद र छलफलमा रहिरहन्छौं । सुझाव सुन्छौं । मिलेर काम गर्छौ ।’

अर्थमन्त्री पौडेलले निजी क्षेत्रले दिने सुझावबारे विषयगत रुपमा समेत छलफल गर्ने भन्दै व्यवहारिक र कार्यान्वयन जान सकिने सुझावहरु दिन निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले बजेट तथा मौद्रिक नीतिमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयनमा जोड दिनु भएको थियो । महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघ भिजन पेपेर बनाउने क्रममा रहेको जानकारी दिँदै त्यसलाई अन्तिम रुप दिई सरकारसँगको सहकार्यमा अघि बढाउने बताउनुभयो ।

सो अवसरमा अर्थमन्त्री पौडेलले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सफलताको शुभकामना दिनु भएको थियो ।

वि.सं.२०७७ मंसिर १७ बुधवार १६:२४ मा प्रकाशित

You can share this post!

सेयरधनीलाई हिमालयन लाइफ इन्स्योरेन्सले गर्यो यस्तो आग्रह

सेयरधनीलाई हिमालयन लाइफ इन्स्योरेन्सले गर्यो यस्तो आग्रह

वि.सं.२०८० चैत ६ मंगलवार १७:३४

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले बोनस सेयरमा लाग्ने कर तिर्न...

ऋणात्मक ब्याजदर अन्त्य गरिएको ‘बैङ्क अफ जापान’ को घोषणा   

ऋणात्मक ब्याजदर अन्त्य गरिएको ‘बैङ्क अफ जापान’ को घोषणा   

वि.सं.२०८० चैत ६ मंगलवार १७:११

टोकियो, ६ चैत ‘बैङ्क अफ जापान’ले ऐतिहासिक नीतिगत सुधारमा ऋणात्मक...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८० चैत ६ मंगलवार १७:०३

काठमडौं । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत...

सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक   

सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक   

वि.सं.२०८० चैत ६ मंगलवार १६:५७

काठमाडौँ, ६ चैतः सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प...

जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन निर्देशन  

जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन निर्देशन  

वि.सं.२०८० चैत ६ मंगलवार १६:३५

तम्घास (गुल्मी), ६ चैतः मुसिकोट नगरपालिका र छत्रकोट गाउँपालिकाका जनप्रतिनिधि...

पर्यटक बढाउन पोखराका होटेलमा छुट अफर   

पर्यटक बढाउन पोखराका होटेलमा छुट अफर   

वि.सं.२०८० चैत ६ मंगलवार १६:३०

गण्डकी, ६ चैतः होटल सङ्घ पोखरा नेपालले यही चैत २९...