back
NMB ad

कर्जा प्रवाह कार्यक्रमलाई मूर्तरुप दिन प्रदेश सरकार र बैंकहरुबीच सम्झौता 

Kumari bank ad

हेटौंडा – वाग्मती प्रदेश सरकारले शुरु गर्न लागेको युवा उद्यमशील कर्जा प्रवाह कार्यक्रमलाई मूर्तरुप दिन प्रदेश सरकार र कृषि विकास बैंक तथा साना किसान लघुवित्त वित्तीय संस्थाबीच आज सम्झौता भएको छ ।
प्रदेश सरकारले रोजगारी सिर्जना, पर्यटन प्रबद्र्धन तथा उत्पादन वृद्धि गराउने उद्देश्यले सञ्चालन गर्न लागेको युवा उद्यमशील कर्जा प्रवाह कार्यक्रममा सरकारी बैंकहरुसँग सहकार्य गर्ने भएको हो । प्रदेशका युवाहरुमार्फत प्रस्ताव आह्वानगरी कृषि, उद्योग, व्यापार व्यवसाय, रोजगारी, उत्पादन, पर्यटन, शैक्षिक कार्यक्रम, लघु तथा साना उद्योग, वन तथा वातावरणजन्य उद्योग, फोहोरमैला व्यवस्थापन, सामाजिक क्षेत्रसँग सम्बन्धित उद्योग लगायतमा बैंकमार्फत कर्जा लगानी गरी रोजगारी सिर्जना गर्ने तथा स्वरोजगार बनाउने कार्यक्रमका लागि सहुलियतपूर्ण व्याजदरमा ऋण उपलब्ध गराउन ३ अर्बको कोषको लागि बजेट व्यवस्था गरिएको छ ।
वाग्मती प्रदेश सरकारले प्रदेशभित्र रोजगारी सिर्जनागर्न तथा उत्पादन वृद्धिगर्न उद्यमशीलता गर्न चाहने नागरिकहरुका लागि सहुलियतपूर्ण व्याजदरमा ऋण उपलब्ध गराउने भएको हो । सरकारले कृषि, उद्योग, व्यापार व्यवसायसँग सम्बन्धित कार्यक्रमका लागि ऋण लगानीगर्ने कार्य व्यवस्थित, सरल, सहज, प्रभावकारी र पारदर्शीरुपमा सञ्चालन गर्न कार्यविधि समेत पास गरेको छ ।
कार्यविधि अनुसार स्थानीय तहले सिफारिस गरेका आर्थिक रूपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका नागरिकहरुका लागि तोकिएको बैंकमार्फत कर्जा प्रवाह गरिने छ । नागरिकलाई कर्जा प्रदानगर्नका लागि सरकारले ३ अर्बको कोष निर्माण गरेको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिनुभयो । कृषि विकास बैंकमार्फत हुने लगानीले देशमा रोजगार, व्यवसाय तथा उत्पादन समेत बढ्ने सरकारले अपेक्षा गरेको छ । लगानी पश्चात सरकारले वेरोजगार युवा जनशक्तिहरुलाई रोजगारमा आवद्ध गर्ने, फोहरमैला व्यवस्थापन गर्ने, महिला तथा दलित समुदायको उद्यमशीलतालाई प्रबद्र्धन गर्ने, उत्पादनशील कार्यक्रमको लागि लगानी प्रबद्र्धन गर्ने, कोरोना भाइरसको महामारीबाट प्रभावित कृषि, पर्यटन एवं रोजगारी मूलक घरेलु तथा लघु उद्योग व्यवसायीलाई पुनरुत्थान गरिने मन्त्री ढुङ्गेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस कार्यक्रमको कृषि, पशुपंक्षी, मत्स्यक्षेत्रको उत्पादन,उत्पादकत्व वृद्धि गर्नुका साथै रोजगारी सिर्जना गर्ने, वन तथा वातावरण र पर्यटनक्षेत्रको वृद्धि गरी रोजगारी प्रबद्र्धन गर्ने, बेरोजगार युवाहरुलाई रोजगारमा आवद्ध गर्ने, फोहरमैला व्यवस्थापन गर्ने, महिला तथा दलित समुदायको उद्यमशीलतालाई प्रबद्र्धन गर्ने, उत्पादनशील कार्यक्रमको लागि लगानी प्रबद्र्धन गर्ने, कोरोना भाइरसबाट प्रभावित कृषि, पर्यटन एवं रोजगारीमूलक घरेलु तथा लघु उद्योग व्यवसायीलाई पुनरोत्थान गर्नेलगायतका उद्देश्य रहेकाछन् ।
सहुलियतपूर्ण व्याजदरमा ऋण लगानी कार्यक्रम कार्यान्वयनको नीतिगत विषयमा आवश्यक निर्देशनका लागि सम्बन्धित मन्त्रालयका मन्त्री संयोजक हुनेगरी निर्देशक समिति रहने छ । यसैगरी ऋण लगानी प्रकृया सहजीकरण तथा समन्वय गर्नका लागि सम्बन्धित मन्त्रालयका सचिव संयोजक रहनेगरी समिति बनाइएको जनाइएको छ ।
प्रदेशले कृषि व्यवसाय सम्बन्धी उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरण सम्बन्धी उद्योग व्यवसाय जस्तै पर्यटन प्रबद्र्धन, व्यापार व्यवसाय, वन तथा वातावरण जन्य उद्योग, महिला उद्यमशीलता, दलित समुदाय व्यवसाय विकास र फोहरमैला व्यवस्थापन जस्ता क्षेत्रका लागि ऋण लगानी गर्ने भएको हो ।
सरकारले यसअघि अनुदानकोरुपमा लागानी गर्ने गरेको भएपनि त्यसको प्रभावकारिता कम भएकोले लाभग्राहीलाई अपनत्व हुनेगरी कर्जाको रुपमा लगानी गर्न लागिएको जनाइएको छ । यसो गर्दा कोषमा रकम रहिरहने र उत्पादनको क्षेत्रमा काम पनि हुने विज्ञहरुको ठम्याइ छ । एउटै रकमले पटक पटकगरी धेरै लाभग्राहीहरुलाई सेवा दिन सकिने तथा व्याजमार्फत कोष पनि क्रमशः वृद्धि हुँदै जाने भएकोले प्रदेश सरकारले शुरु गर्न लागेको कार्यक्रम उपयोगीहुने जनाइएको छ ।
कार्यक्रमले कृषितर्फ खाद्यान्न, नगदेबाली, तरकारीउत्पादन, प्रशोधनभण्डारण, बिउविजनउत्पादन, प्रशोधनतथाभण्डारण, सामुहिक तथा व्यवसायिक खेती, मौरीपालनव्यवसाय, पुष्पव्यवसाय, व्यवसायिक रेसम कीरा पालन, पशुपंक्षीपालन, अष्ट्रिच तथा व्यवसायिक रुपमा पालिने बट्टाइ, कालिज, बँदेल समेत, फलफूल उत्पादन, उत्पादित फलफूलको प्रशोधन तथा भण्डारण, दुग्ध उत्पादन, डेरी तथा प्रशोधन र बिक्रीवितरण, व्यवसायिक रुपमा गरिने मत्स्यपालन, उत्पादित माछाको भण्डारण तथा बिक्रीवितरण, च्याउउत्पादन, प्रशोधन तथा भण्डारण, पशु बधशाला एवं मासुजन्य उत्पादन व्यवसाय, जडीबुटी उत्पादन, प्रशोधन र भण्डारण, उखु, कफी, चिया, अलैंची, अदुवा, बेसार, जैतुन, सूर्यमुखी, कपास, सनपाट, सजिवन, स्वीटसरघम, केशर, तेलहन, मसलाबाली, दलहन,अल्लो, लोक्ताखेती आदि तथा यिनीहरुको भण्डारण, प्रशोधन र बिक्रीवितरण, जौ, फापर, सिलाम, अकबरे खुर्सानी, सिस्नु तथा अचारको उत्पादन, प्रशोधन र बिक्री वितरण, कपास, ऊन, रेसमखेती र उत्पादन, प्रशोधन तथा बिक्रीवितरण, प्राङ्गारिक तथा जैविक मल,भेडा, च्याङ्ग्रा र चौरीलगायतबाट ऊनको उत्पादन, प्रशोधन तथा बिक्रीवितरण, कृषि औजार जस्तै थ्रेसर, भिंडर, आधुनिक हलो, ट्याक्ट्रर, ट्रेलरआदि, स्थानीय स्तरमा तयार हुने गुन्द्री, नाङ्गलो, डोरी, डोको, थुन्से, फुङ्लो, दाम्लो, घुम, चित्रा, भकारी, बाँस, बेतबाँस, निगालो, खुकुरी जस्ता सामानहरुको व्यवसायिक उत्पादन गर्न र बिक्री वितरण गर्न ऋण लगानी गराइने जनाइएको छ ।

वि.सं.२०७७ मंसिर १८ बिहीवार १६:३३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...