back
NMB ad

लोकमार्गले चम्किँदै मध्यपहाड

Kumari bank ad

काठमाडौं । कर्णाली प्रदेशको अवस्था केही वर्षअघिसम्म यस्तो थियो, आधा नागरिक गरिब। रोजगारीका लागि भारतसहित तेस्रो मुलुक जानुपर्ने बाध्यता। विकासको गति सुस्त।

नागरिक निरास। तर, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग निर्माणसँगै विकासको ढोका खुल्न थालेको छ। स्थानीयमा तीव्र विकासको आशा पलाएको छ। उनीहरूको आर्थिक अवस्थामा सुधार आउन थालेको छ।

‘लोकमार्ग खुलेपछि बेस्तडामा बजार चम्किएको छ। व्यापाररव्यवसाय पनि फस्टाउँदो छ’, दैलेखका कृष्ण अधिकारी भन्छन्, ‘अन्य स–साना बजार विस्तार हुने क्रम तीव्र छ। हामी गाउँका नागरिकलाई बजारसम्म जोड्यो।’

लोकमार्गअन्तर्गत कर्णालीका रुकुम पश्चिम, जाजरकोट, दैलेख र सुदूरपश्चिम प्रदेशको अछामसम्म गरी ४ सय ४० किलोमिटर पर्छ। दैलेखको राकम प्रदेशकै नमुना सहरका रूपमा स्थापित हुने क्रममा छ।

कर्णाली राजमार्ग र मध्यपहाडी लोकमार्ग दुवैले छुने भएपछि राकममा दैलेख, कालिकोट र अछामबाट मानिसहरू बस्न आएका छन्। सरकारी संयन्त्र पनि पुगेका छन्। यसले स्थानीयलाई सरकारी सेवा लिन घण्टौं हिँड्नुपर्ने बाध्यता टरेको छ। यस्तै, रूकुमको चौरजहारीमा बजार फस्टाएको छ।

‘लैनचौरको गाउँसमेत बजारमा परिणत भएको छ’, चामुण्डाविन्द्रासैनी नगरपालिकाका मदन विक भन्छन्। बस्ती नै नभएको ठाउँमा पनि लोकमार्ग खुलेपछि बजार विकास भइरहेको उनको भनाइ छ। लोकमार्गका कारण स्थानीय कृषिजन्य बस्तुले बजार पाउन थालेका छन्। दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज भएको छ।

लोकमार्ग आयोजना कार्यालय दैलेखअन्तर्गत लुम्बिनी प्रदेशको रुकुम पूर्वबाट सुदूरपश्चिमको अछामसम्म निर्माण कार्य तीव्र गतिमा छ। यो खण्डको स्तरोन्नतिअन्तर्गत सडक ग्राभेल, कालोपत्रे, पुल निर्माणलगायत काम धमाधम भइरहेका छन्।

रूकुमपूर्व र रुकुम पश्चिमअन्तर्गत १ सय २५ किलोमिटरमध्ये ४६ किमि कालोपत्रे भइसकेको इन्जिनियर मनीष सिंह बताउँछन्। जाजरकोट खण्डमा पर्ने ८३ किमि भने कालोपत्रेको काम बाँकी छ। दैलेख खण्डको १ सय २५ किमिमध्ये १९ किमि कालोपत्रे भइसकेको छ। चालु वर्ष ३५ किमि कालोपत्रे सम्पन्न हुने इन्जिनियर सिंह बताउँछन्। उनका अनुसार बाँकी खण्ड स्तरोन्नतिको कामले गति लिएको छ।

अछाममा १सय७ किमिमध्ये १ सय २ किमि कालोपत्रे भई सञ्चालनमा आएको छ। बाँकी पाँच किमि फागुनभित्र कालोपत्रे भइसक्ने आयोजनाको दाबी छ। यो खण्डमा नौवटा पुल निर्माणाधीन छन्।

पुल निर्माण, ग्राभेल, सडक कालोपत्रेलगायत कार्यका लागि २९ वटा ठेक्कामार्फत काम भइरहेको छ। ती ठेक्काअन्तर्गत ४१ प्रतिशत काम सम्पन्न भइसकेको इन्जिनियर सिंहको भनाइ छ। रुकुम पूर्वबाट अछामसम्मको खण्डमा ४ अर्ब ४३ करोड रुपैयाँ खर्च भएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

वि.सं.२०७७ मंसिर १९ शुक्रवार ०८:३१ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...