back
NMB ad

अब सिलिगुडी–चारआली पेट्रोलियम पाइपलाइन

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको अन्त्यबाट नेपाल–भारत दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु हुने भएको छ ।

भारत पश्चिम बंगालको सिलिगुडी–चारआली (झापा) सम्म निर्माण हुन लागेको करिब ५० किलोमिटर लामो पाइपलाइन निर्माणस्थलको अवस्थाबारे बिहीबार संसद्को उद्योग, श्रम तथा उपभोक्ता हित संरक्षण समितिको टोलीले स्थलगत अवलोकन ग¥यो । यसअघि भारतीय टोलीले प्रारम्भिक रेखांकनको काम सकेको थियो ।

संसदीय समितिका संयोजक विमलप्रसाद श्रीवास्तव नेतृत्वको टोलीमा सांसद भीमसेनदास प्रधान, अमृता अग्रहरि, मायादेवी न्यौपानेलगायत थिए ।

अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माणमा सबै राजनीतिक दलको सहमति र सहकार्य रहेको श्रीवास्तवले जनाए । पाइपलाइन विस्तारका लागि सर्भेको काम सकिएको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जनाए । ‘कन्सेप्ट पास भइसक्यो, कन्स्ट्रक्सन मोडालिटी तयार हुँदै छ,’ उनले भने ।

पाइपलाइनसँगै बोटलिङ प्लान्टसमेत बनाइने उनले बताए । यसका लागि परामर्शदाता चयन भइसकेको छ । उनका अनुसार करिब चार हजार मेट्रिक टन क्षमताको एलपीजी ग्यासको भण्डारसमेत निर्माण गरिनेछ । यो प्लान्टको एलपीजी ग्यासले प्रदेश १ लाई ५० दिनसम्म पुग्न सक्छ । चालु आर्थिक वर्षको अन्त्यबाट पाइपलाइन विस्तारको काम थालिने उनको भनाइ छ । अमलेखगन्ज मोडालिटीबाटै निर्माण हुने पाइपलाइन करिब १६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य आयल निगमको छ ।

करिब ५० किलोमिटर लामो पाइप लाइनको करिब ३५ किलोमिटर भाग भारतीय र १५ किलोमिटर नेपाली भूभागमा पर्ने नियमका निर्देशक वीरेन्द्रकुमार गोइतले बताए । उनका अनुसार संसदीय टोलीले पाइप लाइन बिछ्याउने विकल्पबारे पनि जानकारी लिएको थियो ।

मेकालिकल इन्जिनियरसमेत रहेका गोइतका अनुसार पाइप लाइन विस्तारमा दुई विकल्प छन् । पहिलो हो, पूर्व–पश्चिम राजमार्गको दायाँ या बायाँ भाग प्रयोग गर्ने र दोस्रो मेची पुल दक्षिणको जमिनबाट सोझै चारआली जोड्न सकिने । ‘दुईमध्ये एक उपयुक्त विकल्प प्रयोग गरिनेछ,’ गोइतले भने ।

यसअघि भारतीय अधिकारीहरूको टोलीले सीमावर्ती भारतीय बजार बतासी र नेपाली क्षेत्र सतीघट्टा अनि ज्यामिरगढी क्षेत्रमा सम्भाव्यता अध्ययन गरेको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

वि.सं.२०७७ मंसिर १९ शुक्रवार ०९:०२ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...