back
NMB ad

धेरै सम्भावनाका बीचमा छैनले घेरिएको छ ‘रुवीभ्याली’ – मन्त्री दुलाल

Kumari bank ad

वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालसहितको प्रदेश सभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिले मानव विकासको सूचकाङ्कमा प्रदेशमै सबैभन्दा पछाडि रहेको धादिङको रुवीभ्याली गाउँपालिका भ्रमण गरेको छ । प्रदेश सरकारले शुरु गरेको एकीकृत विकास कार्यक्रमलाई फलदायी बनाउन स्थलगत अवलोकनगरी वस्तुस्थिततिको जानकारी लिन आफूहरुले ६ दिन लामो भ्रमण गरेको मन्त्री दुलालले बताउनुभयो । मन्त्री दुलालले नामले निकै आकर्षक लाग्ने रुवीभ्याली आधुनिक समाजका सबै सेवासुविधाहरुबाट बञ्चित रहेको जानकारी दिनुभयो । “यातायात छैन, उपचारका लागि चिकित्सकीय सेवा छैन, दश कक्षा भन्दामाथि पढ्ने शैक्षिक संस्था छैन, सिंचाइँ छैन, धेरै सम्भावनाहरुकाबीचमा छैनले घेरिएको छ रुवीभ्याली” मन्त्री दुलालले भन्नुभयो ।
उहाँले  भन्नुभयो “नामले आकर्षक रुवीभ्याली कुनै शहर या सुविधा सम्पन्न ग्रामीण क्षेत्र होइन । यो वाग्मती प्रदेशका एकसय १९ वटा स्थानीय तहहरुमध्ये एक अति दुर्गम, सडक सुविधा विहीन र मानव विकास सूचकाङ्कमा पछाडि रहेको स्थानीय तह हो । गणेश हिमालको काखमा अवस्थित यो क्षेत्र बहुमूल्य पत्थर रूवी, क्वार्टज, दुर्लभ कस्तूरी, रेड पाण्डा, प्राकृतिक तातोपानी, कालो कुण्ड, सेतो कुण्ड लगायतका प्राकृतिक सम्पदाहरु रहेको पर्यटनको अपार सम्भावना बोकेको पूर्णजैविक कृषि व्यवस्था रहेको गाउँपालिका हो । तामाङ, गुरुङ, घले र थोरै संख्यामा विश्वकर्मा यहाँ बसोबास गर्ने जाति समुदाय हुन ।
मन्त्री दुललालले रुवीभ्यालीमा प्रदेश सरकारले एकीकृत विकास कार्यक्रम अघि बढाएको जानकारी दिनुभयो । त्यही सन्दर्भमा प्रदेश सभाको उद्योग, पर्यटन, बन तथा वातावरण समिति र सामाजिक विकास मन्त्रीको स्थलगत अध्ययन भ्रमण सम्पन्न भएको छ । हामी चाँढै नै प्रतिवेदन तयार पारी सम्बन्धित ठाउँमा बुझाउछौं उहाँले भन्नुभयो ।

वि.सं.२०७७ मंसिर २० शनिवार १९:२६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...